समन्ध

समन्ध

हरिश जोशी

@Mayur Times

२०७७ मङ्सिर ६ गते शनिवार ०८:२८

तिम्रो काखमा पल्टने ठूलो रहर छ बस मलाई केही चाहिदैन एउटा प्रेमिले आफ्नी प्रेमिकालाइ भनेको शब्द थियो । आज त्यो पनि पूरा भयो नजिक भयो सँगै बस्यो मनमा खुसी पनि बाँड्यो खै के भो कुन्नी एक्कासि रिसायो प्रेमी झन्कियो झोकैझोकमा हिड्यो...

तिम्रो काखमा पल्टने ठूलो रहर छ बस मलाई केही चाहिदैन एउटा प्रेमिले आफ्नी प्रेमिकालाइ भनेको शब्द थियो । आज त्यो पनि पूरा भयो नजिक भयो सँगै बस्यो मनमा खुसी पनि बाँड्यो खै के भो कुन्नी एक्कासि रिसायो प्रेमी झन्कियो झोकैझोकमा हिड्यो उ केही छिनका लागी,उसँग छुट्टिएर हिडेको केही बेरमै सोच्यो उ छिटो आओस मलाई सम्झाउन मलाई फर्काउन, केही समयपछि पुगिन प्रेमिका, उ फेरि उनैसँग खुसी हुँदै फर्कियो!
प्रेम आखिर यस्तै हो रिसायो,सम्झायो फकायो, सबथोक हुन्छ प्रेममा, समन्ध राम्रो बनाउन खोज्दा पनि कहिलेकसो एक्लो हुने डर हुदोरहेछ भने कहिलेकसो संका पनी घातक हुदोरहेछ समन्धमा । एक्लो हुने रहर जोकसैलाइ पनि हुदैन समन्धमा । अरुले के गर्यो कसो गर्यो यो कदापि हुनुहुदैन समन्धमा सम्बन्धमा तपाईं र तपाईंको साथी गरी जम्माजम्मी दुई जना हुनु हुन्छ । यसमा बाहिरी मान्छेलाई कुनै स्थान दिनु आवश्यक छैन । तपाईंको सम्बन्धमा आइपरेको उतारचढावलाई झेल्ने तपाईं स्वयंले नै हो । बाहिरी मान्छे आएर तपाईंको दुःख बाँडिदैन । तसर्थ समन्ध तपाईं आफ्नो तरिकाले बनाउनुहोस
अर्को कुरा के भने हामी अनावश्यक रूपमा कसैमा तीतोपन पोख्छौँ जसले हाम्रो सम्बन्धलाई कमजोर बनाउँछ । यसले हाम्रो मानसिक स्वास्थ्यको लागि खतरा थप्ने गर्छ । यस्तो अवस्थामा  सबै गल्तीहरू बिर्सने र मानिसहरूलाई हृदयदेखि नै क्षमा दिन सिक्नु राम्रो हुन्छ । यसले गर्दा दिमागमा शान्ति र जीवनमा उत्साह उत्पन्न हुने गर्छ ।
हरिश जोशि

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार २०:२८
प्रतिक्रियाहरू