१. पहिलो तरिकाः
राम्रो र मंगल कर्मबाट स्थायीरुपमा लक्ष्मी प्राप्त हुन्छ । यसको मतलव परिश्रम र इमान्दारीबाट गरेको कामबाट धन प्राप्त हुन्छ ।
२.दोस्रो तरिकाः
प्रागल्भात् अर्थात धन सँधै उचित व्यवस्थापन र लगानी एवं बचतबाट लगातार बढ्छ । यदि हामीले धनलाई उचित आम्दानी बढ्ने सहिी काममा लगाएमा निश्चय नै धन लाभ हुन्छ ।
३.तेस्रो तरिकाः
चतुरता अर्थात धनको उचित उपयोग गरेमा र आय व्ययको विशेष रुपमा ध्यान राखेमा धनको बचत पनि हुन्छ र धन बढ्छ । यसबाट धन सन्तुलन बनिरहन्छ ।
४.चौथो तरिकाः
चौथो र अन्तिम सूत्र संयम अर्थात मानसिक, शारिरक र वैचारिक संयम राख्दा धनको रक्षा हुुन्छ । यसको मतलव सुख पाउनको लागि र सोख पुरा गर्ने चक्करमा धनको दुरुपयोग नगर्ने । धनको घर र परिवारको आवश्यकता जरुरतमा मात्र खर्च गर्नुपर्छ ।
प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार ०५:४१