माक्स नलगाउनेलाइ डिल्लीमा दुइ हजार जरिवाना

माक्स नलगाउनेलाइ डिल्लीमा दुइ हजार जरिवाना

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर ४ गते बिहिबार ०८:२३

एजेन्सी, ४ मंसिर । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो ।मास्क अनिवार्य...

एजेन्सी, ४ मंसिर । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो ।मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको उहाँले बताउनुभयो ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु¥याएको उहाँले बताउनुभयो ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । “दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,” मुख्यमन्त्री केजरीवालले भन्नुभयो ।

उहाँले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गर्नुभयो । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उहाँले बढी चिन्ता व्यक्त गर्नुभयो ।

कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उहाँले थप कडाई गर्न लागिएको जानकारी दिनु भएको हो । बैठक पछिको पत्रकार सम्मेलनमा उहाँले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताउनुभयो ।

“सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उहाँहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।

news 24

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार २०:२३
प्रतिक्रियाहरू