गजल
हजुर अन्जान बनेर जाना जान गरेर
गजल के पाउनु भाे बाबा ,मलाइ कन्यादान गरेर
मलाई त जन्मेकै घरमा बस्न मन थियाे
पराई बनाईहाल्नु भाे मलाई अपमान गरेर
ती मेरी आमा कति रुदी हुन ,सम्झि मलाइ
प्रसव पिडा भुलेकि थिईन हाेला...
गजल
हजुर अन्जान बनेर जाना जान गरेर
गजल के पाउनु भाे बाबा ,मलाइ कन्यादान गरेर
मलाई त जन्मेकै घरमा बस्न मन थियाे
पराई बनाईहाल्नु भाे मलाई अपमान गरेर
ती मेरी आमा कति रुदी हुन ,सम्झि मलाइ
प्रसव पिडा भुलेकि थिईन हाेला न्वारान गरेर
म त्याे घरमा खुलेर बाेल्थ , हाँसेर बाेल्थे
यहा त सबै सग बाेल्नु पर्छ धेरै सम्मान गरेर
संस्कार पाएकी छु मर्यादा बिर्सन्न तर पनि
कुरा काट्छन एककान दुईकान मैदान गरेर