ने क पा नेतादेखी ठेकेदारसम्म जुवाखाल बाट पक्राउ १ लाख ६२ हजार बढी बरामद

ने क पा नेतादेखी ठेकेदारसम्म जुवाखाल बाट पक्राउ १ लाख ६२ हजार बढी बरामद

mayurstimes

@Mayur Times

२०७७ मङ्सिर ३ गते बुधबार १०:१६

बझाङको सदरमुकाम चैनपुरमा ७ जना जुवाडे पक्राउ परेका छन । जयपृथ्वी नगरपालीका वडा न.१० चैनपुरवाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडेपक्राउ परेका प्रहरीले जानकारी दिएका छन । जुवाडेहरुबाट ८ गड्डी तास १ लाख ६२ हजार...

बझाङको सदरमुकाम चैनपुरमा ७ जना जुवाडे पक्राउ परेका छन । जयपृथ्वी नगरपालीका वडा न.१० चैनपुरवाट प्रहरीले सोमवार जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडेपक्राउ परेका प्रहरीले जानकारी दिएका छन । जुवाडेहरुबाट ८ गड्डी तास १ लाख ६२ हजार ३ सय २० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा ने. क. पा बाटका उम्मेदवार रहेका सेर बहादुर बोहरा बझाङको मस्टा गाँउपालीकाका हाल चैनपुरमा बस्दै आएका ठेकेदार दिपक रोकाया, जयपृथ्वी नगरपालीका १० चैनपुरका पुरन धामी , जनपा ९ देवलका देवेन्द्र खड्का, सुर्मा गाँउपालीकाका टोप बहादुर वोहरा, मस्टा गाँउपालीका वडा १ का राजेन्द्र खड्का, छविसपाथिभरा गाँउपालीका २ का विर वहादुर मन्डेल र वुगल नगरपालीका वडा ९ का शेरवहादुर वोहरा प्रक्राउ परेको बताए । 

गाउँपालिकामा ने. क. पा बाटका उम्मेदवार रहेका सेर बहादुर बोहरा घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । केही जुवाडे भने छतबाट हाम फालेर भाग्न सफल भए खोजी गरिरहेका छौँ डिएसपी रुपक खड्काले भन्नुभयो ।

प्रहरी प्रमुख खड्काका अनुसार पक्राउ परेकाहरुलाई थप अनुसन्धानका हिरासतमा राखीएको र उनिविरुद जुवातास ऐन, अनुसार कारवाही हुने बताए ।

प्रकाशित मिति ३ मंसिर २०७७, बुधबार १०:१६
प्रतिक्रियाहरू