कञ्चनपुरको कृष्णपुर-२ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
मंसिर १ गते सोमबार पुर्ब- पश्चिम राजमार्गको कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए ।
घाइते हुनेमा कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए । अन्य दुई जना धिरबहादुर बिष्ट र सुनिता बिष्टको उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार १५:३६