कोरोना भाइरसविरुद्वको खोपबारे आयो खुसीको खबर

कोरोना भाइरसविरुद्वको खोपबारे आयो खुसीको खबर

मयूर टाइम्स

@Mayur Times

२०७७ मङ्सिर २ गते मङ्गलबार ०९:०४

एजेन्सी: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको लागि जुटिरहेका वैज्ञानिकहरुलाई सफलता मिलेको छ । कोभिड १९ को खोपको विकासमा लागेको अमेरिकी कम्पनी मोडर्नालाई ९५ प्रतिशत सफलता मिलेको बीबीसीले जनाएको...

एजेन्सी: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको लागि जुटिरहेका वैज्ञानिकहरुलाई सफलता मिलेको छ । कोभिड १९ को खोपको विकासमा लागेको अमेरिकी कम्पनी मोडर्नालाई ९५ प्रतिशत सफलता मिलेको बीबीसीले जनाएको छ ।

मोडर्नाले ‘महान’ दिन भन्दै प्रयोगका लागि अनुमति लिन केही सातामै आवेदन दिने बताएको छ । उक्त खोप अमेरिकामा तीस हजार जनालाई दुई डोज चार साताको अन्तरमा दिइएको थियो । तर, यसले कति लामो प्रतिरोधी क्षमता कायम राख्छ भन्ने निश्चित भइसकेको छैन् ।

कोभिड खोप विकास र यससम्बन्धी अनुसन्धानका लागि मोडर्नालाई अमेरिकी सरकारले १ विलियन डलरको कोष प्रदान गरेको छ । कम्पनीले १० करोड डोज भ्याक्सिन उपलब्ध गराउन लागि साढे १ विलियन डलरको सम्झौता समेत गरिसकेको छ ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएका थिए । अहिले विश्वमा ११ कम्पनीको खोपको परीक्षण अन्तिम चरणमा छ । बेलायतमा मात्र ६ वटा कम्पनीलाई मानव परीक्षण गर्न अनुमति दिइएको छ ।

प्रकाशित मिति २ मंसिर २०७७, मंगलवार ०९:०४
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४