नेपालमा चिकित्सा क्षेत्रमा भैरहेको अनियमितता तथा चिकित्सा क्षेत्रमा पुर्णतया सुधार ल्याउनुपर्छ भन्दै १९ पटक सम्म अनसन बसिसकेका चिकित्सा शिक्षा सुधार अभियन्ता प्राडा गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामान्य रुघाखोकी तथा ज्वरो देखिएपछि स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको थियो । हिजो अर्थात शुक्रबार आएको रिपोर्टमा डा. केसी संक्रमित भएको पुष्टि भएको हो।
कोरोना संक्रमित डाक्टर के सि मा स्वासप्रस्वासको समस्या आएको उपचारमा खटिएका डाक्टरले जानकारी दिएका छन ।डाक्टर केसिको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०८:२१