अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ ।
दम खोकीमा
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान/वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।
चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ ।
उल्टी
अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।
हृदयरोग
अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।
उदरशूल
५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन ।
शीतज्वर
अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ । शीतज्वरमा यो फाइदाजनक हुन्छ ।
पेट को ग्यास
आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।
रुघा-खोकी
२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।
खोकी र सासको रोग
अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ ।
भोक नलागेमा वा पेट सफा नभएमा
भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ ।
प्रकाशित मिति १३ भाद्र २०७७, शनिबार ०४:४६