साहित्य

गजलकार बिमला विकिरणका ३ गजल

गजलकार बिमला विकिरणका ३ गजल

हरिश जोशी

@Mayur Times

२०७७ कार्तिक २९ गते शनिवार ०७:५८

कोहि निदाउदैनन, आमाको काखमा पनि, कैयौं टुहुरा बच्चाहरु सडकमै निदाएका छन्

पछिल्लो पुस्तामा निकै उत्कृष्ट गजल लेख्ने गजलकार बिमलाले देशका विभिन्न कार्यक्रममा प्रस्तुति दिएर आफुलाइ अब्बल साबित गरिसकेकि छिन

गजल
भोक खाएका छन् अभाव बिछ्याएका छन्
मुस्कुराउनेहरु यसरी पनि मुस्कुराएका छन्!

जिवित छ ढुङ्गालाई देवता भन्ने मानसिकता
मान्छेहरुले भौतिक संरचना भत्काएका छन्

यो दुनियाँले हिरा भेटियो भन्दै भ्रम फैलायो
यहाँ काँचका टुक्रा घामले जगमगाएका छन्

कोहि निदाउदैनन, आमाको काखमा पनि,
कैयौं टुहुरा बच्चाहरु सडकमै निदाएका छन्

उनिहरुकै मन सबैभन्दा फोहोर र दुर्गन्धित छ
जसले अनुहार चन्द्रमा जस्तो सजाएका छन्!
गजल
कहिँ भरिएँ कहिँ पोखिएँ,तिम्रो हुनु अघि
रङ्गिन बने,फिक्का थिएँ, तिम्रो हुनु अघि!

तिमीसँग पुगेँ पछि,केवल तिम्रो बन्न सकुँ
कतिसँग कहाँ ठोक्किएँ, तिम्रो हुनु अघि!

फूल सम्झेर शिरमा राख्यौं, फूल बनेँ म,
भुईँको धुलो झै ठानिएँ, तिम्रो हुनु अघि!

गमलामा बसेँ अहिले,संघारमा सजिएर,
अग्लो भिरमा फूलिदिएँ, तिम्रो हुनु अघि
गजल
तिमीले उपहार माग्यौ जिवनभर सम्झिन लायक
मसँग धोका भन्दा अर्को चिज छैन दिन लायक!

सानो मान्छे हुँ, आफु भन्दा ठुलो कुनै सपना छैन
बन्न सकुँ दुनियाँ माझ शिर उठाएर उभिन लायक

एउटै बगरको ढुङ्गा तिमी मुर्ति बन्यौ,म सिढी बनेँ,
सबैको भाग्य नहुने रहेछ मन्दिरमा पुजिन लायक

बडो मुस्किलले चप्पल बनेको थियौ काम लागेन
मेरा पैतालाले ठानेनन् तिमीलाई कुल्चिन लायक

घरखेत पहिरोले लग्यो, बाआमा रोगले लग्यो,
मालिक के दिउँ? केही छैन हजुरले लिन लायक

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०७:५८
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४