१ बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।
२ बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।
३ बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।
४ बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।
५ नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।
६ शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।
७ नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।
८ नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।
-एजेन्सीको सहयोगबाट
प्रकाशित मिति १३ भाद्र २०७७, शनिबार ०४:४२