पर्यटकिय तथा धार्मिक दृष्टिकोणले सुन्दर कालिकोट

पर्यटकिय तथा धार्मिक दृष्टिकोणले सुन्दर कालिकोट

हरिश जोशी / फोटोमा माया निर्भिक

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०९:५५

नेपालको सबैभन्दा ठूलो झरना पचाल लाई पर्यटकिय गन्तव्य बनाएर कालिकोट जान सकिन्छ । विश्वका ३०अग्ला झरना भित्र पर्ने यो झरना नेपालको सबैभन्दा अग्लो झरना हो यो ३८१ मिटरको उचाईबाट खसेको छ ।

चिलखाया जिउलो फोटो माया निर्भिक


पर्यटनको निकै ठूलो सम्भावना रहेको कालिकोट जिल्ला पर्यटकले अझै चिन्न नसकेको हो कि भन्ने भान हुन लागेको छ । नेपालको सबैभन्दा ठूलो झरना पचाल
लाई पर्यटकिय गन्तव्य बनाएर कालिकोट जान सकिन्छ । विश्वका ३० अग्ला झरना भित्र पर्ने यो झरना नेपालको सबैभन्दा अग्लो झरना हो यो ३८१ मिटरको उचाईबाट खसेको छ ।

सुन्दरताका हिसाबले एकदमै रमणिय ठाउँ हो कालिकोट, कालिकोट सदरमुकामबाट दुई घन्टाको दुरिमा रहेको भुतचहरो झरना पनि कालिकोटको पर्यटकले चिन्न नसकेको र स्थानीयले चिनाउन नसकेको ठाउँ हो । भुतचहरो झरना र त्यहीँ वरपरका दृश्यले जोकोहिको मन नलोभ्याइ रहन सक्दैन ।
सुन्दरताका हिसाबले यति धेरै रमणिय छ तर भौगोलिक विकटताले यी सबै क्षेत्रहरु ओझेलमा परेका छन शुभकालिका ४ घर भएकी गजलकार माया निर्भिकले भनिन कालिकोट जैबिक बिबिधता, तालतलैया, झरना छाँगा र प्राकृतिक सुन्दरताको खानी हो। यहि ठाउँमा गाइने फाग, देउडा पनि बाह्य पर्यटकहरुका लागि भने लोभ लाग्दा बन्न सक्छन ।

अर्को आकर्षणको केन्द्र हो कालिकोटको चिलखाया जिउलो, यसलाई कालिकोटको तराई पनि भनिन्छ निकै ठूलो निकै समथर यो भुभाग तराईका फाँट भन्दा पनि सुन्दर देखिन्छ ।

कालिकोटमा अन्य के कति पर्यटकिय तथा धार्मिक स्थल छन भनेर यसबारे हामिले केही खोजी गरेका थियौं। त्यहाँका प्रमुख पर्यटकीय तथा धार्मिक स्थल तथा मन्दिरमा बडीमालिका मन्दिर, चुली मालिका मन्दिर, पुग मालिका मन्दिर,महावुअ शिव मन्दिर, पंचदेवल (पंच पाण्डवद्धारा बनाइएको विश्वास छ), चुलीमालिका मन्दिर  (मान्म, पाँखा र वदालकोट बीच रहेको) तिला गुफा, ढुँगे बगैचा, महाबु मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, देउली,  रामारोशन, पचाल झरना, फुगाड झरना, पंचछहरी झरना आदि प्रमुख रहेको पाइन्छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा अवस्थित बडीमालिका मन्दिर पर्यटकीय एवं धार्मिक दुवै दृष्टिले महत्वपूर्ण छ जुन हिन्दुहरुका लागि झनै महत्वपूर्ण मानिन्छ ।
यिनलाई ब्यवस्थित तरिकाले संरक्षण र सर्म्वर्द्धन गरी प्रचारप्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटकलाइ सजिलै भित्राउन सकिन्छ ।

फोटो माया निर्भिक

चुलिमालिका कालिकोटको सुन्दर दृश्य फोटो माया निर्भिक

भुतचहरो झरना

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार २१:५५
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४