तीन मुक्तक – प्रकाश खनाल

तीन मुक्तक – प्रकाश खनाल

मयूर टाइम्स

@prakash khanal

२०७७ कार्तिक २९ गते शनिवार ०७:५४

दु:ख आएनि कहानीमा खुशी मिल्दो रैछ। आँसु झरेनि सिरानीमा खुशी मिल्दो रैछ। उनको प्रेम पनि त नोक्सानी हो मेरो, कुनै कुनै नोक्सानीमा खुशी मिल्दो रैछ। आज आएर अकस्मात् पोल्यो भनेर चिसो सम्बन्धले दिनरात पोल्यो भनेर मेरो घर जलाउनेले मै...

दु:ख आएनि कहानीमा खुशी मिल्दो रैछ।
आँसु झरेनि सिरानीमा खुशी मिल्दो रैछ।
उनको प्रेम पनि त नोक्सानी हो मेरो,
कुनै कुनै नोक्सानीमा खुशी मिल्दो रैछ।

आज आएर अकस्मात् पोल्यो भनेर
चिसो सम्बन्धले दिनरात पोल्यो भनेर
मेरो घर जलाउनेले मै विरुद्ध उजुरी दियो
फिलिङ्गो उछिट्टिएर मेरो हात पोल्यो भनेर

शरीर मुटु हुँदा जस्तै छ मुटुबिना पनि
धड्कन मज्जाले चल्दैछ मुटुबिना पनि
कसैले साथ छोडेर गएपछि बुझेको हुँ
मान्छे मरिहाल्ने होइन रैछ मुटुबिना पनि

प्रकाशित मिति २९ कार्तिक २०७७, शनिबार ०७:५४
प्रतिक्रियाहरू