तिहारपछि लकडाउन गर्ने प्रस्ताव

तिहारपछि लकडाउन गर्ने प्रस्ताव

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०७:४७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं...

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो।मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो।

छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ। ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने।

बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन्। बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।

पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १९:४७
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४