समाचार

बर्मामा बाबु त्रिपाठीको “बा” गजलसंग्रह पाठ्यक्रमको रुपमा पढाई भैरहेको छ

बर्मामा बाबु त्रिपाठीको “बा” गजलसंग्रह पाठ्यक्रमको रुपमा पढाई भैरहेको छ

हरिश जोशी

@Mayur Times

२०७७ कार्तिक २८ गते शुक्रबार ०६:३७

नेपाली गजल सिक्न र सिकाउंँन हामी बाबू त्रिपाठिको "बा" गजल संग्रहलाई बर्मामा गजलको पाठ्यक्रम वा पाठ्यसामाग्रीको रुपमा प्रयोग गर्ने गरेका छौँ । बर्मामा रुचाइएको नेपाली गजलको पुस्तक पनि "बा" गजल संग्रह नै हो ।

मागेकाे दिए बाले अब मेराे पालाे
सानाे छँदा उचाले अब मेराे पालाे

यति गिरायाे मलाई ठाउँठाउँमा
रुपैयाँ पैसाले अब मेराे पालाे

यी शेर गजलकार बाबू त्रिपाठीका हुन, बर्मामा गजल सिकाउंँदै गर्दा सबैभन्दा पहिला यी शेरहरु सुनाइन्छ्न अनि यिनै शेरहरुलाइ आधार मानेर बर्मामा नेपाली भाषीहरुलाइ नेपाली गजल सिकाउँछन बर्माका कवि, प्राध्यापक तथा गजलकार लक्ष्मण न्यौपाने ।

याे बाटै बाटाे जाउ बजार अाउंँछ
एउटा किन्दा अर्को उपहार अाउंँछ

जुनमा हेर्छु फुलमा हेर्छु
जे हेरेपनि तिम्रै अनुहार अाउँछ ।
यी शेर बाबु त्रिपाठीको बा गजल संग्रहभित्र संग्रहित छन
यिनै शेरहरु सुनेर नै नेपालको परिकल्पना गर्छन बर्मामा गजल सिक्ने नेपाली भाषिहरु, यसले नै देखाउँछ नेपाली गजल कतिसम्म फैलिएको छ भन्नेपनी ।
पछिल्लो समय नेपाली गजल भन्ने बित्तिकै सबैभन्दा धेरै र पहिला मुखमा आउने नाम हो बाबू त्रिपाठी, मोतिरामको पालामा भित्रीएको गजललाई कसैले नेपालमा गजल नै भनेर चिनाएका छन भने त्यसको माथिल्लो कोटिमा आउने यो नाम नेपाली गजलका अभियन्ता बाबू त्रिपाठिको हो ।
तिनै लोकप्रीय गजलकार तथा अभियन्ता बाबू त्रिपाठीको गजल संग्रह “बा” नेपालमा मात्र हैन बिश्वभर नेपाली भाषी रहेका विभिन्न देशहरुमा समेत निकै धेरै पढिएको निकै धेरै रुचाइएको गजलको पुस्तक हो । अझै खुसीको कुरा त के भने बाबू त्रिपाठिको “बा” बर्मामा पाठ्यसामग्रीको रुपमा पढाइ हुन्छ ।
बर्माका कवि तथा गजलकार लक्ष्मण न्यौपानेले अनलाइन गजलरस कार्यक्रमको ३४ औं शृङ्खलामा बर्मामा नेपाली गजलको अवस्था कस्तो छ? भन्ने प्रश्नको जवाफ दिदै भन्नुभयो, नेपाली गजल सिक्दै गर्दा र सिकाउदै गर्दा हामी टुहुरा भएको अनुभव गरिरहेका थियौंँ गजल रसमा आउँदा हाम्रा अभिभावक छन भनेर उत्साहित भएका छौँ, नेपाली गजल सिक्न र सिकाउन हामी बाबू त्रिपाठिको “बा” गजल संग्रहलाई बर्मामा गजलको पाठ्यक्रम वा पाठ्यसामाग्रीको रुपमा प्रयोग गर्ने गरेका छौँ । बर्मामा रुचाइएको नेपाली गजलको पुस्तक पनि “बा” गजल संग्रह नै हो ।
यसरी नेपाल भन्दा बाहिर नेपाली गजलको पाठ्यक्रमकै रुपमा गजलको पुस्तक पढाइ हुनु नेपाली गजलको निम्ति निनिकै सुखद पक्ष हो ।
त्यसैगरी भुटान र भारतको दार्जिलिङ, सिक्किममा पनि नेपाली गजलको निम्ति सबैभन्दा चर्चित पुस्तक बा गजल संग्रह नै भएको हामीलाइ कार्यक्रममा उपस्थित गजलकारहरुले जानकारी दिएका थिए ।

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार १८:३७
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४