नेपाली गजलमा भिन्न धारबाट सामाजिक बिषयबस्तुको पृथक ढङ्गले उठान गर्ने गजलकार हुन माया निर्भिक यो नाम पछिल्लो समय नेपाली मुक्तक क्षेत्रमा पनि निकै चिनिएको नाम हो मुक्तक :
यो बर्ष पनि उहि त हो चाला दाजुभाइ आएनन् ।
गरेर बिदाइ तिहार नि जाला दाजुभाइ आएनन् ।।
सु-स्वास्थ्य एवम् दिर्घ आयुको कामना गरेर
लगाउँन पाइन फुलको माला दाजुभाइ आएनन् ।।
माया निर्भिक
शुभकालिका ४ कालिकोट
प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार २०:४२