साहित्य

निरुता गजुरेलका ५ मुक्तक

निरुता गजुरेलका ५ मुक्तक

हरिश जोशी

@Mayur Times

२०७७ कार्तिक २३ गते अाईतबार ०७:५८

बोकेर अभावै अभावको भारी जिएका छन् । आफ्ना आवश्यकता टार्दै नटारी जिएका छन् सन्तानका रहरहरुलाई जीवितै राख्नका लागि आमाबाले आफ्नै रहरहरु मारी जिएका छन् ।

१ अनेकौं सेवा सुविधामा रमाउने त नेताहरु नै हुन् ।
राज्यको ढुकुटीमा हक जमाउने त नेताहरु नै हुन्
सर्वसाधारणले पसिना बगाई दुईछाक खान पुग्दैन
रातारात करोडौं रुपैया कमाउने त नेताहरु नै हुन्

सदाको जस्तै फर्किएर घरमा किन आएन ।
गिरेर गाउँ समाजको नजरमा किन आएन ।
आमाको भत्ता लिन सधैं घर आउने छोरो ।
फेरि आमाको मृत्युको खबरमा किन आएन

जाओस् बरु पसिना बगेर , खान नपरोस्
अरुको घरको चोरी लगेर ,खान नपरोस्
दस नङ्ग्रा खियाएर बरु आधापेट खान्छु
मागेर अनि अरुलाई ठगेर , खान नपरोस् ।

बोकेर अभावै अभावको भारी जिएका छन् ।
आफ्ना आवश्यकता टार्दै नटारी जिएका छन्
सन्तानका रहरहरुलाई जीवितै राख्नका लागि
आमाबाले आफ्नै रहरहरु मारी जिएका छन् ।

एकचोटि मात्रै होइन आखिर बारम्बार गर्नु परोस् ।
आफ्नो कमजोरी केके थियो बिचार गर्नु परोस् ।
मनमा ईख राखेर यति धेरै प्रगति गर्नु छ कि अब
हिजो अौंला उठाउनेले पनि नमस्कार गर्नु परोस् ।
निरुता गजुरेल नुवाकोट

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार १९:५८
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४