अाफु विजयी भएपछि बाइडेनले लेखे यस्ताे मन छुने कुरा

अाफु विजयी भएपछि बाइडेनले  लेखे  यस्ताे मन छुने कुरा

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २३ गते अाईतबार ०६:४९

अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई हराउँदै विजयी भएपछि जो बाइडेनले आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्। उनले जित हासिल गरेको प्रक्षेपण गरिएलगत्तै ट्विटरमा बाइडेनले आफूलाई देशको नेतृत्व गर्ने महान्...

अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई हराउँदै विजयी भएपछि जो बाइडेनले आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन्।

उनले जित हासिल गरेको प्रक्षेपण गरिएलगत्तै ट्विटरमा बाइडेनले आफूलाई देशको नेतृत्व गर्ने महान् जिम्मेवारी सुम्पिएको भन्दै अमेरिकाका सम्पूर्ण नागरिकप्रति आभार प्रकट गरेका हुन्।

उनले लेखेका छन्, ‘मेरो सम्मान छ, तपाईंले मलाई देशको नेतृत्व गर्नका लागि चुन्नुभयो। हाम्रा अगामी काम चुनौतीपूर्ण छन्। तर म तपाईंहरू समक्ष प्रतिबद्धता गर्छु– म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने।’

उनले अगाडि लेखेका छन्, ‘तपाईंहरूले मप्रति जुन विश्वास गर्नुभएको छ, त्यसलाई म डगमगाउन दिन्नँ।’

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार ०६:४९
प्रतिक्रियाहरू