खो-खो खेलकाे इतिहास

खो-खो खेलकाे इतिहास

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १३ गते शनिवार ०२:४८

नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.स. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि प्रदर्शन खेल प्रस्तुत गरेपछि...

नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । वि.स. २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले नेपाल भ्रमणगरि प्रदर्शन खेल प्रस्तुत गरेपछि यो खेलले नेपालमा नयाँ रूप धारण गरेको हो । वि.स. २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो-खो संघको तदर्थ समिति गठन पछि वि.स.२०५२ सालमा उक्त संघले मान्यता पायो ।

अन्तर्राष्ट्रिय सहभागीता
सोही वर्ष भारतको कलकत्तामा भएको पहिलो एसियन खो-खो प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गरि सार्क मुलुकमा राम्रो प्रभाव पार्न सफल भएको थियो । त्यसैगरी बङ्गलादेशको ढाकामा सम्पन्न दोस्रो एसियाली खो-खो प्रतियोगितामा नेपालले राम्रो प्रदर्शनका साथ थाइल्यान्डलाई पराजित गर्दै श्रीलङ्कासँग बराबरी गर्न सफदरल भएको थियो । भने उक्त प्रतियोगितामा भारत प्रथम, बङ्गलादेश द्वितीय तथा श्रीलङ्का तृतीय भएको मा नेपालले चौथो स्थानमा चित्त बुझाउनु परेको थियो, त्यसबाहेक उक्त प्रतियोगितामा थाइल्यान्ड र जापानको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति १३ भाद्र २०७७, शनिबार ०२:४८
प्रतिक्रियाहरू