काठमाडौंमा १९ हजार बढी होम आइसोलेसनमा

काठमाडौंमा १९ हजार बढी होम आइसोलेसनमा

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २३ गते अाईतबार ०६:४१

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १२ संक्रमित फेला परेका छन् । जस्मा ६ सय २५ महिला र पुरुष ८ सय ८७ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ संक्रमित...

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १२ संक्रमित फेला परेका छन् । जस्मा ६ सय २५ महिला र पुरुष ८ सय ८७ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय १२ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८७ हजार १ सय ९४ पुगेको छ । योसंगै काठमाडौंमा ७० हजार ७ सय ७३ जना, ललितपुरमा ९ हजार ९ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ३० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ५ सय ७०, ललितपुरमा १ हजार ८ सय ३ र भक्तपुरमा ६ हजार ४ सय ३० रहेको छ ।

योसंगै काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको कुल संख्या १९ हजार ८ सय ३ पुगेको छ ।

प्रकाशित मिति २३ कार्तिक २०७७, आईतवार ०६:४१
प्रतिक्रियाहरू