रमेश देखेको सपना र भागेको यथार्थ

रमेश देखेको सपना र भागेको यथार्थ

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार १०:००

२०७४ सालमा सुन्दर सपना बोकेर साउदी उडेका रमेशले सुखी हुने मिठो सपना देखेका थिए । घरको याद र देशको माया मनमा सजाउँदै साउदीको तातो घाममा उनले दुई वर्ष विताए । नेपाल आउन केही दिन मात्रै बाँकी थियो । आमालाई भेट्ने र देशमा पाइला टेक्ने...

२०७४ सालमा सुन्दर सपना बोकेर साउदी उडेका रमेशले सुखी हुने मिठो सपना देखेका थिए । घरको याद र देशको माया मनमा सजाउँदै साउदीको तातो घाममा उनले दुई वर्ष विताए । नेपाल आउन केही दिन मात्रै बाँकी थियो । आमालाई भेट्ने र देशमा पाइला टेक्ने रहरले उनको मन खुसी देखिन्थ्यो । तर चीनको बबाट सुरु भएको कोरोना भाइरसको समाचार विश्वमा परालको आगोझैँ फैलिएर भुसको आगोमा परिणत भयो । उनलाई कहिले पनि लागेको थिएन । यो साउदी कोठामा तीन महिना विताउनुपर्छ । विडम्बना उनले नचाहेकै कुरा भैदियो । उनी नचाहदा नचहादै मरुभूमिको तातो कोठामा बाफिन पुगे । साउदीमा पनि लकडाउन भयो । बाहिर निस्कने कुनै पनि सम्भावना रहेन । र पनि हिँड्डा पनि माक्स नलगाएमा १० हजार तिर्नुपर्ने नियम थियो । त्यो नेपालमा लगभग ५ लाख जति पर्न आउँछ । उनले भने ।

विगतको दिन सम्झदै उनी भन्छन्, कहिले घरको यादले पोल्थ्यो, कहिले लकडाउनको पीडाले रातभरि निद्रा नै लाग्थेन । त्यो समयमा घर जान पाउँछु भन्ने आस मारिसकेको थिएँ । त्यसैबेला नेपालमा पनि कोरोनाको हल्ला फैलियो । मनमा चिसो पस्थ्यो । झन् उदयपुरमा कोरोना फैलिएपछि त आफ्नो भन्दा पनि घरमा मायाले सताउन थाल्यो । नेपालमा धेरै कोरोना नफैलिए हुन्थ्यो । शरीर यता भएपनि मन उडेर उता पुग्थ्यो । विगतको कुरा सम्झेर आँखाभरि आँसु बनाउँदै भन्छन्, काम नभएकोले पैसा पनि थिएन । सरकारले जे खान दियो त्यही खाएर बाँच्नुपर्ने विवशता रहेको थियो । २० दिनसम्म त हामीले नेपालमा कुकुर विरालोले पनि नखाने खानेकुरा खाएर बाँच्यौँ । मैले जिन्दगीमा यस्तो दिन आउला भनेर सोचेको पनि थिएन ।

अहिले त मलाई सबै कुरा सामान्य जस्तै लाग्न थालेको छ । कोरोना लाग्दैमा मरिदैन जस्तो लाग्दैन । विदेशमा रहँदा पनि कोरोना लाग्नेको संख्याभन्दा रिकभर हुनेको संख्या सुन्दा मनमा शीतल हुन्थयो । समाचार पढ्नका लागि म बेलाबेलामा अनलाइन न्युज पढ्ने गर्थेँ । अनलाइन मिडियामा सरकारले समवृद देशमा रहेका नागरिकहरुलाई प्राथमिकता दिएर नेपाल ल्याउने समाचार सुनेर दिक्क लाग्थ्यो । त्यतिबेला लाग्यो सरकार धनमा मात्र होइन मनमा पनि गरिप रहेछ । रेमिट्यान्सले चलेको देशको सरकारले खाडी मुलुकमा रहेका देशका नागरिकप्रति गरेको व्यवहारले नेपाल सरकारप्रति धेरै वितृष्णा भयो । अन्यले मात्र होइन हाम्रो देशको सरकारले पनि हामीलाई हेर्ने दृष्टिकोण फरक रहेछ ।

मलाई नेपाल आउन धेरै समस्या भयो । म विभिन्न समस्याको बाबजुद नेपाल आउने भएँ । अघिपछि २१ देखि ३० हजारसम्म लाग्ने ठाउँमा ५६, ३०० तिरेर नेपाल आइयो । जब साउदीको जहाज चढियो तब मनमा खुसीको सीमा नै भएन । त्यतिबेला आफूलाई युद्ध जितेको सिपाहीझैँ महसुस गरेँ । प्लेनमा पनि हामीलाई सौतेनी आमाको छोरोलाईझैँ व्यवहार गरियो । महंगो पैसा तिरेर पनि खाना एकदम कमजोर खालको दिइयो

एयरपोट झरेपछि मात्रै मन शान्त भयो । अब त विदेश पनि जान्न जस्तै लागेको छ । म आफ्नै देशमा पसिना बगाउन चाहान्छु ।

अहिले म गाउँको क्वारेन्टाइनमा छु । यहाँ मानिसले हामीलाई कोरोना लागेका मानिसलाई झैँ व्यवहार गर्छन्, सोच्छु । अझै पनि गाउँमा जनचेतनाको अभाव रहेछ । यहाँ पनि खानामा निकै हेँला गरेकाे महसुस गरेकाे छु ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार १०:००
प्रतिक्रियाहरू