कोरोना संक्रमित गजुरेलको आईसियूमा उपचार हुँदै ,पुर्वपत्नी ढकालले लेखिन् भावुक स्टाटस

कोरोना संक्रमित गजुरेलको आईसियूमा उपचार हुँदै ,पुर्वपत्नी ढकालले लेखिन् भावुक  स्टाटस

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २१ गते शुक्रबार ०७:५४

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना संक्रमण देखिएका गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ । कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित...

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोना संक्रमण देखिएका गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हालको उनको आईसियूमा उपचार भइरहेको छ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलले केहिदिन अगाडि मात्रै शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको बताउदै स्वास्थ्यमा सुधार भैनसकेकाे बताएका थिए । उनलाइ काेराेना लागेपछि उनकी पुर्वपत्नी ढकाल फेसबुकमा भावुक स्टाटस लेखेकी छन् ।

पुर्वपत्नी ढकाल फेसबुकमा लेख्छिन्

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसीयू मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन-म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन..। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ-हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !

-उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी !!

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १९:५४
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४