राष्ट्रपति निर्वाचन: ट्रम्पलाई लाग्यो ठुलो धक्का, अदालतद्वारा उजुरी खारेज

राष्ट्रपति निर्वाचन: ट्रम्पलाई लाग्यो ठुलो धक्का, अदालतद्वारा उजुरी खारेज

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक २१ गते शुक्रबार ०७:२९

अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पाउन असफल भएका छन् । मतगणनाका क्रममा पछि परेपछि ट्रम्पले तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा...

अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पाउन असफल भएका छन् । मतगणनाका क्रममा पछि परेपछि ट्रम्पले तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका छन् । तर अदालतमा भने उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको जनाएको छ । एएनआई

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १९:२९
प्रतिक्रियाहरू