भयावह बन्दै काेराेना एकैदिन ३० जनाको मृत्यु

भयावह बन्दै काेराेना एकैदिन ३० जनाको मृत्यु

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक १९ गते बुधबार ०७:०७

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो । बितेको २४...

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।

बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।

प्रकाशित मिति १९ कार्तिक २०७७, बुधबार १९:०७
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४