क्रिकेटका केही रोचक तथ्य

क्रिकेटका केही रोचक तथ्य

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १२ गते शुक्रबार ०८:०४

सन् १९४६मा इङ्ल्याण्डमा बार्बाडोज र ब्रिटिस गुएना बीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो। उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन। ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो। आधुनिक क्रिकेटमा...

सन् १९४६मा इङ्ल्याण्डमा बार्बाडोज र ब्रिटिस गुएना बीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो। उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन। ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो।

आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३मा इङ्ल्याण्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट राखिएको थियो। परिक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो।

बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ। भारतका विनोद माँकड विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ।

सन् १९४६मा इङ्ल्याण्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो। दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे। त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो। पिचको लम्बाइ २२ यार्ड हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाईएको थियो।

टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन्। दक्षिण अफ्रिकाविरुद्ध सन् १९९२मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए। अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपीलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे।

विश्व क्रिकेटका खेलाडि राष्ट्र् हरू
सन् १९८६मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो। खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए। जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई ब्याट् टिपेर हिर्काउँदै फाले। जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे।

एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान ग्राहम म्याक्केन्जी।
सन् १९७५को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै ३६ रन बनाएका थिए। उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो।

टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो। मार्च ३मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चलेको थियो। त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो। ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन। १४ तारिखको बेलुकीसम्ममा इंग्ल्याण्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता थियो। १५ तारिखमा खेल भएको भए इंग्ल्याण्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्याण्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो। त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो। टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०८:०४
प्रतिक्रियाहरू