नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

नथाक्ने मान्छे ” गजल सङ्ग्रह – निराजन लुइटेल

निराजन लुइटेल

@Mayur Times

२०७७ कार्तिक १२ गते बुधबार १०:०५

जे बी थुलुङको पहिलो गजल सङ्ग्रह "नथाक्ने मान्छे " भखरै सार्वजनिक भएको छ । स्वतन्त्र लयमा लेखीएका ६५ वटा गजलहरु सङ्ग्रहीत छन् । धेरै गजलहरुले देशप्रेम र सामाजिक अवस्थाको बारेमा यथार्थ कुराहरु बोलेका छन् । " खोटाङ जिल्ला दिक्तेल बजार...

जे बी थुलुङको पहिलो गजल सङ्ग्रह “नथाक्ने मान्छे ” भखरै सार्वजनिक भएको छ । स्वतन्त्र लयमा लेखीएका ६५ वटा गजलहरु सङ्ग्रहीत छन् । धेरै गजलहरुले देशप्रेम र सामाजिक अवस्थाको बारेमा यथार्थ कुराहरु बोलेका छन् ।
” खोटाङ जिल्ला दिक्तेल बजार ” , ” तिमी गयौ र यो दिल खाली भो ” जस्ता काल झै गितका गीतकार हुन् जे बी थुलुङ ।

यो गजल सङ्ग्रहले गजलमा हुनु पर्ने कोमलतालाई विशेष ध्यान दिएको छ। लामो समयको भोगाई लाई गजलमा कलात्कम शैलीमा समेट्नु भएको जे बी जीको कलमले निकै निखारता पाएको महसुस् गर्न सकिन्छ । यद्यपी केही मतला पढ्दा वाह वाह क्या लेख्नु भएको छ यसै भन्न मन लागेको थियो । केहि मतला भने अझै दमदार हुन सक्थे की जस्तो पनि भान हुन्थ्यो । आफूसित लगनशीलता , मेहेनत गर्ने बानी छ भने आफ्ना मनमा उर्लिरहने भावनात्मक वेगलाई उतारेर अनुभव र अनुभुतिलाई गजलका माध्यम बाट अभिव्यक्त गर्न सकिन्छ भनेर देखाएका छन् ।

गजलका अधिकांश सेरहरुले देशप्रेम बोलेका छन् । यदि कसैले देशप्रति छलकपट गर्छ वा कुदृष्टि लगाउँछ भने उसलाई कुनै पनि हालतमा माफि दिनु हुदैन । अन्याय अत्यचार , कुरीती कूसंस्कारको विरुद्धमा बोलेका छन् । नयाँ जोस , नयाँ होस र नयाँ विचारले देश हाक्ने नयाँ पिढिको आवश्यकता रहेको पनि बुझ्न सकिन्छ ।

नेपाली गजलको बहुआयामिक विकासका लागि यो गजल सङ्ग्रह कोसेढुङ्गा सावित बनोस् र आम पाठकको मन जितोस् मेरो शुभकामना यहाँ लाई ।केहि सेरहरु यहाँ राखेको छु पढ्नुहोस् है ।

हरेक बिहान पहिलो प्रणाम देशलाई
राखेर हात शिरमा सलाम देशलाई

हिन्दु, बौद्ध, इसाई र इस्लामहरु छन्
ईश्वरका पनि बेग्लाबेग्लै नामहरु छन्

बन्दुकसँग नहारेको मान्छे
हार्दछ आखिर पिरतीसँग

उसकै मात्र पनि कहिले भर नपर्नू
जो आएर तिमीसँग लय मिलाउँछ

हाँसीहाँसी हुन्छु कुर्बान म देशका लागि
खुसीखुसी दिन्छु यो प्राण म देशका लागि

मोरङ, नेपाल ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार १०:०५
प्रतिक्रियाहरू