जाडो मौसममा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुमान

जाडो मौसममा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे  अनुमान

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ९ गते अाईतबार ०८:०१

सरकारले जाडो महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा बृद्धि हुने अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने अनुमान गरेको हो । सोही आंकलनमा...

सरकारले जाडो महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा बृद्धि हुने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने अनुमान गरेको हो । सोही आंकलनमा रहेर त्यसलाई रोक्न आवश्यक तयारीमा मन्त्रालय जुटेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ ।

दिनप्रतिदिन संक्रमण बढीरहेको छ । जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ । यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयावह छ ।

नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने अनुमान गरिएको छ । यस्तै, दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन सरकारले गरेको छ

news 24

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार २०:०१
प्रतिक्रियाहरू