पाठकको नजरमा ” वीर्य जमिन ” – निराजन लुइटेल

पाठकको नजरमा  ” वीर्य जमिन ” –  निराजन लुइटेल

मयूर टाइम्स

@neerajan luitel

२०७७ कार्तिक ९ गते अाईतबार ०३:४३

कवि बादल चाम्लिङको दोस्रो कविता सङग्रह " वीर्य जमिन " भर्खरै सार्वजनिक भएको छ । यो सङग्रहमा चालिस वटा कविताहरु सङ्ग्रहित छन् । मलाई बादल चाम्लिङको पहिलो कविता सङ्ग्रह " पाठेघर " जति मन छोएको थियो दोस्रो कविता सङ्ग्रहले अझ मन लुट्यो...

कवि बादल चाम्लिङको दोस्रो कविता सङग्रह ” वीर्य जमिन ” भर्खरै सार्वजनिक भएको छ । यो सङग्रहमा चालिस वटा कविताहरु सङ्ग्रहित छन् । मलाई बादल चाम्लिङको पहिलो कविता सङ्ग्रह ” पाठेघर ” जति मन छोएको थियो दोस्रो कविता सङ्ग्रहले अझ मन लुट्यो । यो कविता सङग्रह पढुन्जेल म धेरै पटक बहकिए , धेरै समय सम्म मलाई केही गर्न मन लागेन , केहि सोच्न मन लागेन । पुन : निर्णय गरे , म फेरी यस भित्र डुब्न थाले । पहिलो केहि पाना पल्टाएर चाम्लिङका केही भनाईहरु पढे । शब्द कम थिए , भावनाहरु ज्यादा थिए । धर्ती , आकाश अनि यो पुरै ब्रम्हाण्ड बोले जस्तै लाग्थ्यो । अधिकांस कविताहरु पढ्दा म मेरी आमालाई सम्झिन्थे , मेरो दीदी बहिनीहरुलाई सम्झिन्थ्ये , समाजमा बसेका नारीहरुलाई सम्झिन्थ्ये , यो सृष्टि लाई सम्झिन्थ्ये । सामाज भित्र गुजुल्टो परेको कुरीती र अन्धविश्वास लाई औँलाले नङ्ग्राएर कविताका माध्यम बाट प्रस्तुत गर्नु भएको छ । पहाडमा जन्मिएर पहाडकै ढुङ्गाहरुमा लुकामारी खेल्दै कविको वचपन पिठ्युँमा भारी बोकेर देउरालीमा सुसेली हालेका अमला , कागती र जुनेलाका भारीले औँसी र पूर्नेमा लाग्ने हाट बजार भरेको महसुस गर्न सकिन्छ । हामी बाचेको समाज र उस्को स्वाभिमान कहाँ सम्मको स्वाभिमान कहाँ सम्मको साँघुरो हुन्छ भनेर एउटाले आगो ओकल्दा अर्कोले आँखाको ढकनी बन्द गरेको उत्पट्याङ् बाट थाहा पाउन सकिन्छ । पहाडको थुम्कोमा बसेका लेकबेसीहरु , वन पाखाहरु छङ्छङ् बग्ने खोला र खोल्साहरु सँग मितेरी गाँसेर बसेको मेरो गाँउ ” माथि पहाडको भित्तामा गाँउ छ ” कविता पढ्दा आँखा भरी आउँछ , मुटु भरी आउँछ । पृथ्वी एउटै छ ,सृष्टि एउटै छ तर मुलुकहरु फरक छन् । फरक मुलुकमा फरक अवस्थामा बाँचेका मान्छेहरु कति सुरक्षित छन् भनेर कविताका बिम्बहरुले बोलेका छन् ।हामी एउटा खुसी पाउनका लागी कति खुसीहरुको गला निमोटि रहेका छौ त । यी सबै कुरा ” खुसी ” कविता पढ्दा महसुस हुन्छ । जीवनको उत्तरार्ध धिपिक धिपिक गरेको दियो जस्तै भएपनि मुल ओछ्यान निर खनेको अगेनोले बुढा बाजेको शरीर तताएको इतिहास सायद नयाँ पुस्तालाई प्रष्ट्याउन खोज्नु भएको छ । तलाउ जस्तै जमेका मान्छेका प्रतिबिम्बहरु बन्द बोतलको विष भन्दा कडा हुनसक्छन् , आफ्नै अस्तित्व घुमाएका वस्तुहरु ज्वालामुखी जस्तै कुनै बेला पड्किन सक्छन् । मध्य रातमा बिउझीएको पुरुषार्थ कति सम्म छछल्किन्छ , छातीमा लस्करै निदाएका ईर्ष्या र तृष्णाहरुले मान्छेलाई कहाँ सम्म लखेट्छ ,विश्वास पातलीदै गए सम्बन्धको दरार कति सम्म फराकीलो हुन्छ , सम्बन्ध महसुस गर्न भन्दा निभाउन कति चुनौती छ , यि सबै कुराहरु मैले मानस्पटल भित्र शब्दको एउटा क्यान्भाक्स उतारी सकेको छु । असली वस्तुहरुले रङगिन पहिचान खोज्दैन बस् , यीनिहरु त मकै , भटमास जस्तै मगमगाउँदै सुगन्ध लिने नलि सम्म पुग्छन् । चर्को घाममा छायाको न्यानोपन , रातको अध्यारोमा जुनको उज्यालोपन यी सबै कुराहरु विधिको खेल बुझ्न सकिन्छ । समयको धरातल र रङ्गिन सपनाको उडानमा हामीलाई धेरै कुराहरुले छाडेर गएका छन् । भुईमा हिड्ने प्राणी भन्दा आकाशमा उड्ने चराचुरुङ्गीको जीन्दगी कति खतरा छ भनेर कलात्मक शैलीमा प्रस्तुत गर्नु भएको छ । एउटा सुनौलो बिहानीको प्रतिक्षामा कालो अन्धकार रातलाई पछ्याएका मान्छेहरु कतिसम्म संघर्षसिल छन् भनेर बुझ्न सकिन्छ । कमिला जस्तो कुनै भेद नराखी हामी किन बाच्न सकेनौँ । हाम्रो एक पटकको विश्रामले कति कुराहरु फरक पार्दछन् र कति कुराहरु युगौ बन्छन् , अब सोच्नु पर्ने बेला आएको छ । यस्ता अरबौ बिम्बहरु कविताले बोलेका छन् । केहि मनछुने बिम्बहरु तपाईका लागि राखेको छु । पढ्नुस् है ।” ब्लाक होल ”
घातक किटाणु सरीबरी भएको
बादल छिन्कीएर निकालीनु
युगको चेतना /
” म त कति सुरक्षित छु ”
आफ्नौ कोठा भित्र छु
बाहिर हेर्न मन लागे झ्याल खुल्ला छ
म निक्कै सुरक्षित छु /
” भू दिउल ”
आज पनि भटमासको किनारमा
साग मुलाको सिन्की गुन्द्रुक
आदिम काल बोक्दै उठ्दा
आधुनिक वर्तमान अलि झस्कन्छ /
” घरफुलहरु ”
घरफुल निर्जीव हो
तर बेस्कन
जीवन ओथारेर बस्छ /
” बाल्यकाल ”
बेलुकी सारेको फूलको बिरुवा
जरा हाल्यो कि भन्दै
प्रत्येक बिहान पुरुक्क उखेल्दै फेरी रोपेको हो
सिकाइमा भुल अन्जानबाट कति भो
अहिले सम्झँदा एेठन हुन्छ /
” मान्छे ”
मान्छे
एक चिम्टी खुसीको लागि
दुई मैदान युद्ध लड्छ /

ठेगाना : मोरङ , नेपाल

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १५:४३
प्रतिक्रियाहरू