नेपालमा फुटवलकाे इतिहास

नेपालमा फुटवलकाे इतिहास

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १२ गते शुक्रबार ०६:४५

फुटवल खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाइएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित...

फुटवल खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाइएको छ। त्यसबेलाको फुटबल खेललाई हार्पास्टोन भनिन्थ्यो। त्यसैगरी रोमनहरुले खेल्ने त्यस्तै किसिमको फुटबल खेललाई हार्पास्टुम भनिन्थ्यो। मध्ययुगमा इटलीमा फुटबल खेल खेलिन तथा बिकसित हुन थाल्यो । त्यसैताका पोलिनेसियाका बासिन्दाहरुले पनि बाँसका फाइबरबाट बनेका फुटबलले धेरै किसिमका खेलहरु खेल्ने गर्थे। एस्किमोहरु हिमाली झारपातका बिरुवाहरुको डल्लो बनाई फुटबल खेल्थे।

आजभोलि खेलिने विभिन्न किसिमका फुटबलहरु इंग्ल्याण्डमा खेलका रूपमा बिकसित तथा संयोजित भए। त्यसबेला नै पश्चिमा देशहरुमा फुटबल यति लोकप्रिय थियो की इंग्ल्याण्डका राजा एडबर्ड द्धितीयाले सन् १३१४ मा तथा हेनरी छैंठोले यो खेलमाथि प्रतिबन्ध नै लगाए। त्यसरी फुटबल खेलमाथि प्रतिबन्ध लगाउनुको कारण चाँहि फुटबल खेलका कारण सिपाहीको क्षमता जोगाउनु थियो। त्यसबेला फौजका सिपाहीहरु फुटबल खेलप्रति अति आकर्षित थिए। सिपाहीहरु युद्धमा आवश्यक पर्ने सैनिक कला धनु बिद्यालाई बेवास्ता गर्न थालेका थिए। मध्यकालमा फुटबल खेलमाथि विभिन्न सात जना शासकहरुले अलग अलग समयमा पटक पटक प्रतिबन्ध लगाएको इतिहास छ। तर, प्रतिबन्धले यो खेलको लोकप्रियता तथा विकासलाई रोक्न सकेन। फुटबलले आधुनिक र ब्यबस्थित स्वरुप सन् १८६३ मा भएको हो। त्यसै बर्षदेखि इंग्ल्याण्ड फुटबल एशोसिएशनको गठन भयो ।

सन् १८७२ मा इंग्ल्याण्ड र स्कटल्याण्डका बीच पहिलो अन्तराष्ट्रिय खेल भयो। पछि फुटबल एशोसिएशन कपको शुरुवात भयो। भारतमा डुरंड कप प्रतियोगिता आयोजना गरियो । यो प्रतियोगिता बिश्वको दोश्रो आधुनिक फुटबल प्रतियोगिता मानिन्छ। ओलम्पिक खेलमा फुटबल खेल सन् १८९६ देखि समावेश गरियो। शुरुका चारवटा ओलम्पिकमा फुटबल प्रतियोगिताको पदक इंग्ल्याण्डले जितेको थियो। यता सन् १९०४ मा युरोपका सातवटा फुटबल सङ्गठनहरुको एक बैठक बस्यो। फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड, स्पेन, स्वीडेन र स्वीट्जरल्याण्डका फुटबल सङ्गठनहरु सहभागी रहेको उक्त बैठकले फुटबल खेललाई अन्तराष्ट्रिय रुपमै एकरुपता पार्न तथा ब्यबस्थित ढंगले सञ्चालन गर्न एउटा अन्तराष्ट्रिय संस्था बनाउने निर्णय गर्यो। फलत अन्तराष्ट्रिय फुटबल महासंघको जन्म भयो। फिफा गठन भएकै अवसरमा भएको पहिलो बैठकमा फिफाले प्रत्येक चार बर्षमा एक पटक बिश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गर्यो। तर, अन्तराष्ट्रिय स्तरको बिश्वकप फुटबल सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन हुन सकेन ।

निर्णय भएको करीब २६ बर्षपछि मात्र सन् १९३० मा पहिलो पटक बिश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा आयोजना गरियो। उरुग्वेमा भएको उक्त पहिलो बिश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्र उरुग्वेले नै अर्जेटिनालाई फाइनलमा पराजित गर्यो। त्यस खेलमा १३ वटा टीम सहभागी थिए। युरोपका शक्तिशाली राष्ट्रहरुको पहलमा भएकोले मात्र नभई आर्थिक रूपमा नै पनि सफल भएको उक्त प्रतियोगिता बिश्वब्यापी रूपमा नै आम जनमानसको ध्यान आफूतिर तान्न सफल भयो। अव युरोपका अन्य प्रमुख राष्ट्रहरु पनि यस खेलप्रति आकर्षित भए। तर इंग्ल्याण्ड फिफाको सदश्य भइसकेको थिएन। त्यसैले उसले बिश्वकप फुटबल प्रतियोगितामा भाग लिन अस्वीकार गर्यो। सन् १९३४ को बिश्वकप फुटबल फासिस्ट तानशाह मुसोलिनले शासन गरिरहेको देश इटलीमा भयो। उक्त प्रतियोगिता पनि आयोजक देशले नै अर्थात इटलीले जित्यो। सन् १९३८ को बिश्वकप फुटबल प्रतियोगिता फ्रान्सले आयोजना गर्यो। यस पटक पनि प्रतियोगिता इटलीले नै जित्यो। रोचक कुरा त के छ भने यो बेलासम्म आइपुग्दा फुटबलमा ३६ वटा राष्ट्रका टीमहरुले भाग लिएका थिए र बिश्वकप फुटबलको ईतिहासमा पहिलोपटक अन्तिम १६ जना प्रतियोगीहरु छान्नका लागि सहभागी राष्ट्रहरुबीच पूर्व छनौट प्रतियोगिता समेत सञ्चालन गर्नुपरेको थियो।

अन्य खेलहरुलाई जस्तै बिश्वयुद्धले बिश्वकप फुटबल प्रतियोगितालाई पनि ठूलो बाधा पुर्यायो र सन् १९५० मा आएर मात्र ब्राजिलमा बिश्वकप फुटबल पुन सञ्चालन हुन सक्यो। पहिलोपटक इंग्ल्याण्डले भाग लिएको यस प्रतियोगितामा इंग्ल्याण्डको टीम अमेरिकाको टीमबाट १ का बिरुद्ध शुन्य गोलले पराजित भयो। यस पटकको प्रतियोगिता आयोजक राष्ट्र ब्राजिललाई हराएर उरुग्वेले जित्यो। स्वीट्जरल्याण्डमा भएका सन् १९५४ को बिश्वकपमा जर्मनीले हंगेरीलाई परास्त गरेर जित्यो । बिश्वकप प्रतियोगितकै कारण फुटबल खेल बिश्वब्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको रूपमा परिचित भयो। बिश्वकप फुटबल तथा यस खेलको बढ्दो लोकप्रियता के ले पनि प्रष्ट पार्न सक्छ भने शुरुवातमा १३ वटा मात्र टीमले भाग लिएको बिश्वकप प्रतियोगितामा सन् १९९४ सम्ममा आइपुग्दा बिश्वका १ सय ४० भन्दा धेरै राष्ट्रका टीमले भाग लिएका थिए। यति ब्यापक परिणाममा सहभागी हनुकै कारण बिश्वकप प्रतियोगिताकका लागि प्रत्येक महादेश भित्रका देशहरु बीच नै छनौट प्रतियोगिताको आयोजना हुन्छ। यसरी छनौट हुँदै गएको अन्तिम चरणको प्रतियोगितामा भाग लिन पाउँछन्।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०६:४५
प्रतिक्रियाहरू