उज्यालो दशैँ र अँध्यारो म – बम बाेगटी

उज्यालो दशैँ र अँध्यारो म – बम बाेगटी

बम बाेगटी

@Mayur Times

२०७७ कार्तिक ९ गते अाईतबार ०३:५८

प्रिय दशैं प्रिय दशैं बर्षमा एकपटक आउँछौं, एक मुठी अक्षता मात्रै लिएर नआउ। यदि आउनै मन गरेको हो भने, मेरो घरको हरेक छाक् टार्ने गरि आउ। मेरो बुबाको पैताला फाटेको खुट्टामा, डोरीले गुथिएका चप्पल फेर्न, अझ दुई बर्ष पर पुर्‍याउने गरि...

प्रिय दशैं
प्रिय दशैं बर्षमा एकपटक आउँछौं,
एक मुठी अक्षता मात्रै लिएर नआउ।
यदि आउनै मन गरेको हो भने,
मेरो घरको हरेक छाक् टार्ने गरि आउ।
मेरो बुबाको पैताला फाटेको खुट्टामा,
डोरीले गुथिएका चप्पल फेर्न,
अझ दुई बर्ष पर पुर्‍याउने गरि नआउ।
प्रिय दशैं तिमी आएको दिन भोकै बस्न सक्छु बरु,
त्यो दिन बाहेक सबै दिनको छाँक
टार्ने गरि आउ ।
यदि आउनै मन गरेको हो भने,
मेरो च्यात्तिएर टालो हालेको पाइन्ट् फेरिदिन आउ
यदि सक्दैनौं भने तिमी पटक्कै नआउ ।
त्यति प्यारो लागेर आउन मन गरेको हो भने ,
आमा मलाई लुगा भन्ने छोराछोरीका आमाले,
ऋण गरेरै एक जोर लुगा र एक छाक् मासु भात खान ऋणको भारी बोकाउने दशैं पटक्कै नआउ ।
यदि आउने नै मन गरेको हो भने,
म र मेरो समाजलाई परिवर्तन गर्न आउ,
आउने मन नै गरेको हो भने, नाबालिकाको बलत्कारिलाई सजाय दिन आउ, भ्रष्टाचारिलाई सजाय दिन आउ,
रास्ट्रप्रतिको मोह जोगाउने राजनेता लिएर आउ,
यति जाबो काम पनि गर्न सक्दैनौं भने बरु पटक्कै नआउ ।
यदि आउने मन नै गरेको हो भने, त्यि सूदुरका आमाको घाउमा मलम पटट्टि लगाउन आउ । आउने मन नै गरेको हो भने,
हामी जस्ता शिक्षित बेरोजगारको समस्या समाधान गर्न आउ,
नत्र भने प्रिय दशैं कोटी कोटी बिन्ती गर्छु दशा बनेर पटक्कै नआउ ।

प्रकाशित मिति ९ कार्तिक २०७७, आईतवार १५:५८
प्रतिक्रियाहरू