मृगाैला बचाउने उपायहरू

मृगाैला बचाउने उपायहरू

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ १२ गते शुक्रबार ०५:३२

मानव शरीरको जटिल र महत्वपूर्ण अंग हो, मृगौला । मृगौलाले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत...

मानव शरीरको जटिल र महत्वपूर्ण अंग हो, मृगौला । मृगौलाले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने ।

शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउन समेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले मृगौला स्वस्थ राख्न जरुरी छ ।

मृगाैला बचाउने

१. आफूलाई फिट र सक्रिय राखौं ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । मधुमेह रोगीहरुले नियमित मृगौलाको परीक्षण गरौँ ।
३. उच्च रक्तचापको नियमित परीक्षण गरौँ ।
४. स्वस्थ खाना सेवन गरौँ शरीरको तौल नियन्त्रणमा राखौँ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । (करिब १.५ लिटरदेखि २ लिटरसम्म)
६. धूमपान नगरौं । यसले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं ।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०५:३२
प्रतिक्रियाहरू