सूर्य थापाले भने, नक्सा सानो भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नदेखिएको हो

सूर्य थापाले भने,  नक्सा सानो भएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नदेखिएको हो

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ८ गते शनिवार ०६:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दशैँको शुभकामना दिँदा कालापानी, लिम्पीयाधुर र लिपूलेक नभएको नेपालको नक्सा प्रयोग नभएको भन्दै सचिवालयले स्पष्टिकरण दिएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट...

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत दशैँको शुभकामना दिँदा कालापानी, लिम्पीयाधुर र लिपूलेक नभएको नेपालको नक्सा प्रयोग नभएको भन्दै सचिवालयले स्पष्टिकरण दिएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले नक्साको सानो आकार प्रयोग गर्दा नक्साको चुच्चो नदेखिनु स्वभाविक भएको बताउनुभएको छ ।

सल्लहकार थापाले भन्नुभएको छ- ‘केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

नेपालको निशान छाप औपचारिक प्रयोजनका लागि संसदले नै पारित गरेको हुनाले संविधन संशोधन गरिएको जानकारी गराउदै थापाले पास भएको केहि समयमै योजनाबद्ध ढंगले भ्रम छर्न खोज्नु अनुचित हुने बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ- ‘लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन । अहिले यस विषयमा योजनबद्द रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ ।’

उहाँले कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबैमा अनुरोधसमेत गर्नभएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभकामना दिँदै ट्वीट गर्नुभएको नेपालको नक्सामा कालापानीसहितको नक्सा नसमेटिएको भन्दै विभिन्न राजनीतिक दलका नेतासहित धेरैले आलोचना गरिरहेका छन् ।
news 24

प्रकाशित मिति ८ कार्तिक २०७७, शनिबार ०६:४२
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६