आमा यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

आमा  यसकारण म दशैँमा घर आउन सकिनँ – बम बाेगटी

मयूर टाइम्स

@बम वाेगटी

२०७७ कार्तिक ७ गते शुक्रबार ०५:४४

चराचुरूङ्गीले सुमधुर गीत गुनगुनाएजस्तो लाग्छ । ती लटरम्म फलेका सुन्तलाले पनि, नयाँ यौवन पाए जस्तो लाग्छ । भुन भुन गर्ने माहुरी जस्तो, मान्छेहरुको लहर गाउँतिर गुनगुनाए जस्तो लाग्छ । लाग्छ पाइलाहरु गाउँ तिर नै लम्काइ रहुँ , फेरि लाग्छ ती पाइलाहरु, हजारौं महङ्गगा पनि हुन सक्छन , घर आउन मन त मलाई पनि काहाँ नलागेको होर आमा,

कताकता आजभोलि दशैं,
नजिक आएजस्तो लाग्छ ।
चराचुरूङ्गीले सुमधुर गीत गुनगुनाएजस्तो लाग्छ ।
ती लटरम्म फलेका सुन्तलाले पनि,
नयाँ यौवन पाए जस्तो लाग्छ ।
भुन भुन गर्ने माहुरी जस्तो,
मान्छेहरुको लहर गाउँतिर गुनगुनाए जस्तो लाग्छ ।
लाग्छ पाइलाहरु गाउँ तिर नै लम्काइ रहुँ
फेरि लाग्छ ती पाइलाहरु
हजारौं महङ्गगा पनि हुन सक्छन
घर आउन मन त मलाई पनि काहाँ नलागेको होर आमा,
दशैं को उपहारस्वरूप
कोरोनाले दशा ल्याइदिन्छ कि,
भन्ने डरले दशैमा घर नआएको हुँ
आमा पीर नमान्नु होला,
अर्को सालको दशै संगै बसेर मनाउँला
फेरि मन मान्दै मान्दैन
कताकता आजभोलि दशैं
नजिक आएजस्तो लाग्छ ।
आमाकै मायाको अभाव भएजस्तो लाग्छ
परिवार, गाउँ, वस्तीको याद आएजस्तो लाग्छ
गाउँघर, साथीभाई, गाउँका मेला, जात्रा, पुजा स्थल
वाबियाको डाेरीले बनाएको पिङ खेलेको सम्झिदा
त लाग्छ कता कता सबै खुशिहरु
भगवानले लुटिदिएजस्तो
खै किन खुशी हराए जस्तो लाग्छ मलाई
के के अपुग जस्तो लाग्छ
सबै पाएर पनि केके अपुग जस्तो लाग्छ ।
तर
खुशी पाउन न मन्दिर जानु पर्छ
न भगवानन् ढोग्नु पर्छ
बस आमा बुवाको माया पाए पुग्छ
जुन घरमा दशैं मनाउन
नयाँ लुगाको आवश्यकता पर्दैन,
जहाँ दशैको दिनमा काँक्रोको राइतोसँग
भात खाँदा क्या खुशी भइन्थ्यो
जुन घरका छोराछोरी
बुवाले पोहोर साल स्कुलको डेरेस लगाएर
खुशी मनाइरहेका हुन्छन
जुन घरका हरेक व्यक्ति मेहनती छन्
जहाँ पैसा हरेक दिन मजदुरिबाट
कमाएको रुपैयाँ दशै खर्च कटाएर कापी, कलम किन्ने
पैसाको जोहो गर्ने परिवारमा कति मज्जा छ दशै मनाउन
जति नै पैसा कमाउँछन्
त्यति मा नै रमाउँछन्
जसबाट त्यो घरको जरुरत पूर्ण हुन्छ।
हो त्यही घरमा सधैँ शान्ति रहन्छ
खुशी रहन्छ हो म तेहि घरको मान्छे म
हो त्यसैले त दशैमा घर आइन म, दशै मनाउने बाहानामा ऋणको भारी निर्दोष बा आमालाई बोकाउन
दशैको उपहारस्वरूप कोरोना बोकेर
घर आउन सकिन आमा।

अन्तिम मा २०७७ सालको विजया दशमी तथा शुभ दिपावली को पावन अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु , आफन्त , नातागोता , छरछिमेकि , घरपरिवार र साथिभाई लगाएत सबै शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभ-कामना शुभकामना !!!
Aa

प्रकाशित मिति ७ कार्तिक २०७७, शुक्रबार १७:४४
प्रतिक्रियाहरू