काेराेनाका कारण बेल्जियमकी प्रधानमन्त्रीकाे अवस्था गम्भीर

काेराेनाका कारण बेल्जियमकी प्रधानमन्त्रीकाे अवस्था गम्भीर

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ७ गते शुक्रबार ०६:५८

बेल्जियममा पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री रहेकी (पूर्वप्रधानमन्त्री) सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार...

बेल्जियममा पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री रहेकी (पूर्वप्रधानमन्त्री) सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ । पूर्व प्रधानमन्त्री भए पनि उनी अहिले उपप्रधानमन्त्री तथा विदेश मन्त्रीका रुपमा कार्यरत छन् ।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन् । विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारे ।

उमेरले ४५ बर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएकी थिइन् ।बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक बृद्धि हुँदै गएको छ ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म १० हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति ७ कार्तिक २०७७, शुक्रबार ०६:५८
प्रतिक्रियाहरू