कोरोना भाइरसको कारणले मजदुर, किसान लगायतका सामान्य निम्न वर्गीय मानिसहरूको जीवनस्तरलाई निकै प्रभाव पारिरहेको छ । लामो समयदेखि गाडी लाइनमा लागिरहनुभएका कृष्णप्रसाद गुरागार्इँ लिएको एक अन्तर्वाताः
कृष्णप्रसादजी यहाँलाई मयुर टाइम्समा स्वागत छ ?
हस धेरैधेरे धन्यवाद
के गरेर बस्नुभएको छ ?
लक डाउन हुनुभन्दा अगाडि म हेलम्बु यतायातको रुटमा काम गर्थेँ । आम्दानी पनि राम्रै रहेको थियो । सहज रुपमा जीवनयापन चल्थ्यो । तर अहिले लक डाउन पछि म घरमा आएर बसेको छु । जीवनशैली वाक्क लाग्दोे छ । घरमै बस्ने खेती किसानीको काम गर्ने खास प्रगति केही पनि छैन ।
तपाइँ घर चाहिँ कहिले फर्कनुभयो ?
चैत्रको ११ गतेबाट लकडाउन भयो । त्यो बेला म काठमाडाैँमा थिएँ । त्यहाँ बसिरहन सक्ने अवस्थाको सिर्जना भयो । मान्छेले सबैभन्दा दुखको समयमा सम्झने भनेको आफ्नो घर नै रहेछ । मलाई पनि घरको अन्तयन्तै सम्झना भयो । त्यसकारण म काठमाडौँबाट हिँड्दै घर आए ।
काठमाडौँबाट हिँडेको कति दिनमा घर आइपुग्नुभयो ?
म काठमाडौँबाट हिँडेको एकदिनमा नै घर आइपुगेँ । त्यो बेलामा नेपालमा कोरोनाको त्रास एकदम बढेको थियो । काठमाडौँबाट गाउँ आउने मान्छेले कोरोना नै लिएर आउँछ भन्ने एक प्रकारको भ्रम गाउँका मान्छेमा रहेछ । मेरो गाउँमा प्रवेश गर्ने सबै ठाउँको नाका बन्द गरिएको थियो । म ठुलो प्रयासले जेनतेन घरमा आइपुगेँ । घरमा पुगेपछि पनि मलाई नराम्रो व्यवहार गरियो । म चौध दिनसम्म कटेराको चोटमा एक्लै बसेँ । त्यतिबेला यो समाजको ठुलाठालु मानिने मान्छेहरुसँग मलाई अत्यन्तै चित दुख्थ्यो ।
अबको योजना के छ हजुरकाे ?
मैले धेरै लामो समय गाडीको क्षेत्रमा बिताएँ । यस क्षेत्रमा मैले निकै सम्भावनाहरु देखेको थिएँ । जब कोरोना भाइरस विश्वमा देखा पर्यो । तब मलाई संसारमा किसानभन्दा ठुलो अरु कोही पनि हुँदैन । त्यसकारण म अब किसानी तर्फ लाग्छु भन्ने मेरो विचारधारा रहेको छ ।
प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार ०५:१८