भोलिबाट कोरोना मिडिया ब्रिफिङ बन्द हुने

भोलिबाट कोरोना  मिडिया ब्रिफिङ बन्द हुने

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ६ गते बिहिबार ०८:०८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए ।

मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार २०:०८
प्रतिक्रियाहरू
इलाममा पिकअप दुर्घटना दुईको मृत्यु

इलाममा पिकअप दुर्घटना दुईको मृत्यु
२०७७ मङ्सिर १६ गते मङ्गलबार ०८:४१

टिकटकमा एकैदिनमा भाइरल भए  ओली

टिकटकमा एकैदिनमा भाइरल भए ओली
२०७७ मङ्सिर १५ गते सोमबार ०५:४४

उपत्यकामा थप  ८ सय ९ जनामा  देखियाे काेराेना

उपत्यकामा थप ८ सय ९ जनामा देखियाे काेराेना
२०७७ मङ्सिर १५ गते सोमबार ०५:१६