१९ वर्षको उमेरमा श्रीमान् गुमाएकी निशाको कहाली लाग्दो कहानी

१९ वर्षको उमेरमा श्रीमान् गुमाएकी निशाको कहाली लाग्दो कहानी

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ६ गते बिहिबार ०७:२०

नाम निशा मगर । उमेर २४ बर्ष । परिवार गरिव भएकाले बल्ल बल्ल कक्षा ६ सम्म पढे । बबा आमाले पढाउन नसके पछि १५ बर्षको उमेरमा विहे गरेर पठाए । विहे पछि घाँस काट्ने बस्तु चराउने मेलापात गर्ने गर्थे । विहे गरेको अनेक बहाना गरि भिन्नु रादिदिए...

नाम निशा मगर । उमेर २४ बर्ष । परिवार गरिव भएकाले बल्ल बल्ल कक्षा ६ सम्म पढे । बबा आमाले पढाउन नसके पछि १५ बर्षको उमेरमा विहे गरेर पठाए । विहे पछि घाँस काट्ने बस्तु चराउने मेलापात गर्ने गर्थे । विहे गरेको अनेक बहाना गरि भिन्नु रादिदिए सासुससुराले । जेठाजुले पनि धेरै रिस गर्थे । भिन्नु हुँदा १ गोरु,१बाख्रा,३मुरी धान,५पाथी गहुँ,कोदो १० पाथी लिएर छाप्रो बनाएर बस्यौ । परिवार खुसि थियो । एक दिन पिठो पिस्नको लागी घट्ट गएको थिए । एकै छिनमा जमिन कम्न थाल्यो । ढुङगा भित्र पसे । ढुङगा पल्टिन लागे पछि बाहिर आएर भागे । जात हे्यो पहिरो भाग्ने ठाउँ देखिन । श्रीमान दना लिन चनौटे बजार गएका थिए । २०० कुरा पालन गरिएको थियो । हाम्रो मुख्य आम्दामीको स्रोत कुखुरा पालन थियो । गोपी मामा भेटे घरमा केहि भएको छैन भन्नु भयो । भूकम्पको कम्पन कम भए पछि घर आए । श्रीमान बेलुका घर आउनु भएन । शंका लाग्यो । छटपटि भयो । खोज्दै जाँदा ३ दिन पछि किउलको भरत विकको घरमा भेटे ।

म रुन र कराउन थाले । बरु मालाई मर्न सजिलो लाग्न थाल्यो । सासु र ससुराले सम्झाउन थाल्नु भयो । हिन्दु सस्कार अनुसार हातको चुरा फुटाए । सिउदो पुछे । सेतो लगाएर १२ दिन किरिया बसे । ३ महिना सम्म सासु र सुसुरा सँगै बसे । त्यस पछि थाहा भयो कि यो संसरमा एउटा नारीले विधुवा भएर बाँच्नुको पीडा कति रहेछ भनेर । मेरो छोरो खाइस भन्न थाले । सबैले हेप्न थाले । बाटामा भेट्दा साइत पदैन भन्न थाले । सबैले कुरा काट्ने थाले । आफूलाई श्रीमानको यादले पागल जस्तो बनाएको छ । म साहारा विहिन भए । त्यस पछि सासु र ससुराले घर बाट निकाले त मेरो बुहारी होइन भनेर । त्यस बेलामा जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष नवराज गुरागाईको सहयोगले सानु छाप्रो हालेर मलाई राखिदिनु भयो ।

राहत आएको थियो त्यही खाए । मिति २०७३ सालमा नागरिकता,भूकम्प कार्ड र १० हजार पैसा हरायो छाप्रो बाट । खेत गाड्ने खेतला भएकाले खेत गोड्न गएको थिए । भलि पल्ट विहान भयो । १ पल्ट चौतारा गए । किउल गाविसको सिफारिस चाहिन्छ भन्ने इचोक गाविसको । विहवाह दर्ताको फोटोकपीले काम चलाए । ५० हजार बैङकमा राखे । अरुले घडेरी खार्न थाले । आफ्नो नाउँमा जमिन पनि छैन । सासु ससुरालेको नाउँमा जग्गा छ । तर मलाई दिदैनन् ।

भूमि अधिकार कर्मीहरुले प्लान नेपाले सँग सम्पर्क गरी तालिम दियो कपडा पठाए । १ महिना हुन लाग्यो । यतिले पुग्दैन तर फेरी तालिम लिएर दक्ष बन्छु । घर बनाउन जग्गा नदिने भन्छन् । घर बनाउने कसरी ? छाप्रोमा कति बस्ने ? राखेको समान हराउँछ । सुरक्षाको चुनौति छ । असुरक्षित जीवन कति जीउने ? मनमा डर र त्रासलो मात्र बास गरेको छ ।

१ छोरा र छोरी छन् । ४ बजे तालिम सेकर बच्चा लिएर आउँदा ढिला हुन्छ । गाउँलेहरु कुरा काट्छन् । दिभरी कता लस्सेर आइस भन्छन् । भूमि अधियानकर्मी साथीहरुको साथ सहयोमा बास पाइरहेको छु । यस्तै साथ सहयोगले गर्दा ज्याला र मञ्जुरी गरी जीवन गुजरा गरिरेको छु ।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार १९:२०
प्रतिक्रियाहरू