साहित्य

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशिले प्रेमिकालाई दिए दशैं उपहार

हरिश जोशी

@Mayur Times

२०७७ कार्तिक ६ गते बिहिबार ०५:२५

अनि तिमी फूल्नु फूल जस्तै भएर सजाउनु मेरो संसार मेरी प्रेमिका

कविता :- प्रेमिका

मन र मस्तिष्क नजिकै
भएर
मेरो सुन्दर संसारमा
भित्रिएको छौ तिमी
सुन्दर फूलले जस्तै
मेरो बगैचाको सुन्दरता
बढाउन
कहिले नझर्ने
अझमबरि फूल बनेर

रस चुसेर छोड्ने भमरा जस्तै
होइन म
घरि आउने घरि जाने
पातहरु जस्तै भएर होइन
मलाई त बन्नु छ म रुदा तिमी पनि रुने
तिमी हाँस्दा म पनि हाँस्ने तिम्रो प्रेमी
जरा जस्तै भएर
अनि तिमी फूल्नु फूल जस्तै भएर
सजाउनु मेरो संसार
मेरी प्रेमिका हरिश जोशी जयपृथ्वी नगरपालिका ४ बझाङ यो कविता प्रेमिकालाई उपहार स्वरुप लेखिएको हो

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार १७:२५
प्रतिक्रियाहरू