चीनबाट नआएपछि यस वर्ष च्याङ्ग्रा महँगो

चीनबाट नआएपछि यस वर्ष च्याङ्ग्रा महँगो

मयूर टाइम्स

@Mayur Times

२०७७ कार्तिक ६ गते बिहिबार ०८:३६

चीनबाट च्याङ्ग्रा नआएपछि यस वर्ष च्याङ्ग्राको मूल्य महंगिएको व्यवसायीले बताएका छन् । नेपालीहरूको महान् चाड विजयादशमी अर्थात् दशैँमा छिमेकी मुलुक चीनबाट विगतका वर्षहरूमा च्याङ्ग्रा भित्रिने गर्थ्याे । तर यसपालि कोभिड- १९ का...

चीनबाट च्याङ्ग्रा नआएपछि यस वर्ष च्याङ्ग्राको मूल्य महंगिएको व्यवसायीले बताएका छन् । नेपालीहरूको महान् चाड विजयादशमी अर्थात् दशैँमा छिमेकी मुलुक चीनबाट विगतका वर्षहरूमा च्याङ्ग्रा भित्रिने गर्थ्याे । तर यसपालि कोभिड- १९ का कारण चीनबाट भित्रिन सकेन, त्यस कारण महंगो भएको हो । विगत वर्षमा करिब ७ सय ५० प्रतिकिलाेका दरले भित्रिने च्याङ्ग्राकाे मूल्य यस वर्ष १ हजार पुगेको छ ।

काठमाडौँ खसी बजारमा हुम्ला, रुकुम, मुस्ताङ र सुवाबाट च्याङ्ग्रा भित्रिएको छ । तर खसीको मूल्य भने प्रतिकिलाे ७ सय रहेको छ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य जाँच गरेको खसी, बोका, च्याङ्ग्रा बिक्रीका लागि लेभल चिन्ह लगाएको छ ।

स्वस्थ खसीबोका र च्याङ्ग्राको सिङमा हरियो र क्रमशः पहेँलो, रातो चिन्ह लगाएको छ । स्वस्थ खसीको सिङमा हरियो चिन्ह लगाइन्छ भने पहेँलो चिन्ह ठिकै र रातो चिन्ह अस्वस्थ भनेर लेभल लगाएको हो । खसी बजारमा कोरोनाको कारण पहिलाको जस्तो चहलपहल नभएको व्यवसायीले बताए ।

news 24

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार ०८:३६
प्रतिक्रियाहरू