कविता, भाव र भाषा – रमेश खकुरेल

कविता, भाव र भाषा – रमेश खकुरेल

रमेश खकुरेल

@Mayur Times

२०७७ कार्तिक ५ गते बुधबार ०६:२३

आज अलिकति कुराकानी गरौं कविता र व्याकरणको । हुन त कुनै पनि भाषा व्याकरण नमिलाई प्रयोग गर्दा सार्थक हुंदैन तर अशिक्षित सामान्य मानिसहरूले साधारण बोलीचालीमा वा कुनै विशिष्ट अर्थ प्रकट गर्ने सन्दर्भमा पनि भाषाको शुद्ध रूप प्रयोग...

आज अलिकति कुराकानी गरौं कविता र व्याकरणको । हुन त कुनै पनि भाषा व्याकरण नमिलाई प्रयोग गर्दा सार्थक हुंदैन तर अशिक्षित सामान्य मानिसहरूले
साधारण बोलीचालीमा वा कुनै विशिष्ट अर्थ प्रकट गर्ने सन्दर्भमा पनि भाषाको शुद्ध रूप प्रयोग गर्नै पर्छ भनेर व्याकरणले कर्णग्रहण गर्न सक्तैन । यो अराजकता ग्राम्य गीतमा त थियोथियो,गजलगोहरूले पनि सल्काइसके। मजा छ गद्यकविहरूलाई र गद्यलेखकहरूलाई,जानेसम्मको शुद्ध भाषा प्रयोग गर्न उनीहरूलाई लयविधान वा गण गणनाको पासोले अलमल्याउन सक्तैन । छन्दका कविहरूका लागि भने छन्दले मागे बमोजिम ह्रस्व या दीर्घ , व्यवस्थाबमोजिमको ठाउँमा अडिनै पर्ने वाध्यता(यति) र व्याकरणका नियमहरूको रिठ्ठो नबिराई पालन गर्नु अत्यावश्यक छ।अनि झोक्किन्छन् नयाँ बहरहरू’ए बाबा दाइँको लामो दाम्लाले बाँधिएर उही लीकमा हिन्दा हिन्दा पट्यार लाग्दैन भन्या ।व्याकरणले मागेको छन्दले छानेको र भनेकै गन्तीमा सिद्धिने शव्द खोज्दाखोज्दैमा मनमा बल्लबल्ल समातेको भाव फुरुरु उडेर गएपछि अनि लेख्यो कविता!”कुरो त हो पनि ।तर मित्रहो,कवि भनेको
जहाँ सूर्य पुग्दैन त्यहाँको कुरा पनि कल्पनाको चश्माले देख्छ,कोषमा भएका सबै शव्दहरू जान्दछ र शव्दै नभएका अवस्थामा नयाँ शव्दको पनि निर्माण गरेर भाव
व्यक्त गर्छ।
यति हुँदाहुँदै पनि कहिले कहीं कवि जानाजानी व्याकरणको पर्खाल नाघ्छ, मर्यादाको वन्धन चुँडाल्छ र श्लीलको पर्दा च्यात्छ। कालिदासलाई “विधिवत्संयोजयामासकोसट्टा संयोजयाम्विधिवदास” लेख्नु पर्ने
त्यति अप्रतिभाशाली त उनी थिएनन्।अथवा कुमारसंभबमा पार्वतीको तपस्या
वर्णन गर्ने क्रममा “स्थिता: क्षणं”जस्ता उच्छृंखल अभिव्यक्ति दिनु उचित थियो त?
हाम्रै कवि डा निर्मोही व्यास,जो कि नेपाली तथा संस्कृतका विशिष्ट ज्ञाता हुनुहुन्छ
लाई पनि कहिलेकहीं यस्तै बाँध भत्काउन मन लाग्छ ।उहाँले यौटा कविता लेख्नुभो
भुजङ्ग प्रयात छन्दमा,(यो छन्दमा गीत गजल पनि लेखिन्छन्) जसलाई गीत पनि भन्न सकिन्छ:-म सत्ते तिमीलाइ नै भेट्न आएँ।यसमा व्याकरण लौरो उजाउँछ लाई को ई दीर्घ हुन्छ,तर कवि मरिगए मान्दैन।यसलाई मिलाएर लेख्न
नसक्ने पनि उहाँ हुनुहुन्न।मैले भनें व्यासजी, म सत्ते तिमी भेट्नकै लागि आएँ
भनेर लेखौं न।उहाँको अडान छ तिमीलाइको जुन मिठास छ त्यो अरू केहीमा पनि मैले पाइन।अब भो? व्याकरण कर्ण लोप्रे पारेर भाग्यो मैले देखें कवि आफ्नो भाव
पूर्ण गर्न सक्ने सामर्थ्य भएको शव्दका लागि धृतराष्ट्र भनिनु परे पनि तयार हुने
रहेछ।
लौ,के लेख्छु भनेर लागेको के लेख्न पुगें।म भावाभिव्यक्ति र भावसंग्रहण बारे
लेख्न खोज्दा कता लागिछु ।हुन त यो पनि बहसको विषय नै थियो।बरु व्यासजीलाई चाहिं यस्तो लेखेछ नभन्दिनुहोला यदि उहाँले आफै पढ्न पुग्नुभएछ भने माफ मागुँला।

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार १८:२३
प्रतिक्रियाहरू
गजल – तिलक भट्टराई “अन्जान”

गजल – तिलक भट्टराई “अन्जान”
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:४६

गजल -भूपि सरोवर

गजल -भूपि सरोवर
२०७७ मङ्सिर ११ गते बिहिबार ०३:२९

फुटबलर  म्याराडोनाको निधन

फुटबलर म्याराडोनाको निधन
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:५८

विश्वभरमा  कोरोना संक्रमित  ६ करोड नाघे

विश्वभरमा कोरोना संक्रमित ६ करोड नाघे
२०७७ मङ्सिर ११ गते बिहिबार ०७:४४