तराई प्रदेशकाे केही जानकारी

तराई प्रदेशकाे केही जानकारी

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार १०:४५

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ । • उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको, • नेपालको...

• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५०.२७% जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
• औद्योगिक, व्यापारिक एवं यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला—ठूला औद्योगिक सहरहरू रहेका छन् ।
• उब्जाउ जमिनको प्रधानताको कारण यस भूमिलाई नेपालको अन्नको भण्डार समेत भन्ने गरिन्छ ।
• यस क्षेत्रलाई मूख्य तराई, भावरप्रदेश र भित्री मधेस गरी ३ श्रेणीमा विभाजन गर्न सकिन्छ ।

मूख्य तराई
• नेपालको सबैभन्दा दक्षिणी भागमा रहेको, दक्षिण तर्फ होचिदै गएको भू–भागलाई खास तराई भनिन्छ ।
• मिहिन पाँगो माटोले बनेको कृषिका लागि उर्वर भूमि भएकाले नेपालको अन्नको भण्डार समेतको रूपमा चिनिने,
• समुद्र सतह देखि २०० मिटर उचाईमा रहेको यस क्षेत्रको चौडाई करिब २५ देखि ३० कि.मि. रहेको,
• यस भागलाई नेपालको अन्न भन्डार पनि भन्ने गरिन्छ । तराईको मैदानी भागलाई समेत पूर्वी तराई,मध्य तराई र पश्चिमी तराई गरी विभाजन गरिएको छ ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार १०:४५
प्रतिक्रियाहरू