हात्तिले भत्काइदियो सम्बर बहादुरको सपना

हात्तिले भत्काइदियो सम्बर बहादुरको सपना

मयूर टाइम्स

@Mayur Times

२०७७ साउन २५ गते अाईतबार ०८:४६

आफ्नो घरको पीडा सुनाउदै सम्बर बहादुर सार्कीले भने “अनुदान सम्झौता गरेर पहिलो किस्ता पचास हजार ल्याएर छाप्रो बनाएको थिए । त्यो पनि हात्ती आएर अस्ति राती भत्काइ दियो । पक्का घर बनाउन भनेर जग हाले । नगरपालिकाले ऐलानीमा बनाएको घर पसा...

आफ्नो घरको पीडा सुनाउदै सम्बर बहादुर सार्कीले भने “अनुदान सम्झौता गरेर पहिलो किस्ता पचास हजार ल्याएर छाप्रो बनाएको थिए । त्यो पनि हात्ती आएर अस्ति राती भत्काइ दियो । पक्का घर बनाउन भनेर जग हाले । नगरपालिकाले ऐलानीमा बनाएको घर पसा हुदैन भनेर दोस्रो किस्ता दिएन । ” उनी ४६ बर्षका थिए । बाबा आमा ७५ बर्षका भैसकेका थिए । परिवारमा ३ छोरी र १ छोरा छ । बुबाको पालादेखि नै उनीहरु दूधौली नगरपालिका वडा नं ३ खुट्टे पानीमा बस्दै आएका थिए । श्रीमति कुन्तिमाया सार्कीको उमेर ३० बर्ष भयो । उनी स्पाइनल ९प्यारालाइस० को विरामी भएर पाँच महिना देखि अस्पतालमा उपचार हुदै रहेछ । सम्बर बहादुरका अनुसार, श्रीमतिको कम्बर भन्दा मुनिको भाग चल्दैन । आफूले कमाएकोले नपुगेर ४ लाख ऋण गरेर उपचार गरे । अहिले अस्पतालले डिस्चार्ज गरेर जेठ महिनामा श्रीमति घर आउँदै छिन् । उपचार गर्दा चार पाँच लाख ऋण लागेकाले ऋण तिर्न कमाउन जानु पर्ने । विरामीलाई बाहिर कोठा खोजेर राखौ त राख्न सक्ने अवस्था छैन । हिजो पनि हात्तीले म सुतेको छाँप्रो भत्कायो । मैले भागेर ज्यान जोगाए । यो छाप्रोमा छोडौं हाती आएर छाप्रो भत्काएर विरामी मारी दिन्छ । विरामी मान्छे त्यही पनि प्यारालाइस भएको भाग्न सक्दैन । घर बनाएर बलियो घरमा राखौ भने ऐलानी जग्गामा घर बनाएको भनेर नगरपालिकाले स्वीकृत दिदैन । उनले धरैलाई यो समस्या बताए । जनप्रतिनीधिहरले पनि समस्या नसुनिदिएको उनको आ’रोप छ ।
यो समस्या उनको मात्र नभई दूधौली नगरपालिका वडा नं ३ नीपाने बस्ने पाँच ,छ सय घर परिवारको हो । उनीहरुको आफ्नो नाउँमा भएको जमिन कमलामाई नदिले कटान गरेर लग्यो । त्यस पछि २०३९ साल देखिनै उनीहरु ऐलानी जग्गामा बसोबास गदै आएका थिए । वडा अध्यक्ष साने धामीका अनुसार विभिन्न पटक र गुनासो सहित गरेर ५१० भूकम्प लाभगा्रही कायम भएका थिए । त्यस मध्ये ३ घरले मात्र दोस्रो किस्ता लिएका छन् । ६ घर जतिले सिन्धुलीमा गएर घर बनाएका छन् । बाँकी सबैको एउटै कथा हो । ऐलानी जग्गा भएकै कारण घर बनाउन पाइरहेका छैनन् ।

पुननिर्माण प्राधिकरणकरणको जग्गा दर्ता सम्बन्धि कार्यविधी २०७३ र त्यस पछि राष्ट्रिय पुननिर्माण प्राधिकरण ९जग्गा ब्यवस्थापन तथा भौर्भिक अध्ययन शाखा बाट मिति २०७५।२।१५ को निर्देशन अनसार सिन्धुली जिल्लामा १५४९ जनाको दिगो समाधानले १ बर्ष पहिलानै भूमिहिनको विवरण संकलन गरेर राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधर सिन्धुलीमाढी, सिन्धुलीमा पेश गरिएको थियो । त्यस पछि पुन ः भूकम्प प्रभावित भूमिहिन लाभगा्रहीको सम्बन्धमा नेपाल सरकारको मिति २०७५ माघ २१ गते बसेको बैठक बाट भूकम्प बाट प्रभावित निजी आवास पुननिर्माण अनुदान वितरण ९दोस्रो संसोधन कार्यविधी २०७५० अनुसार लागा्रही सूचिमा परेका भूमिहिन भूकम्पपीडितहरुले स्थान्तरणहुन नचाहेमा परम्परा देखि भोगचलन गदै आएको साविकको घडेरीनै निजी आवास पुननिर्माण गर्न चाहेका भूकम्प पीडित गरी सोही स्थानमा घर पुननिर्माण गर्न खानेपानी,विद्युत र मतादाता परिचय पत्र मध्ये कुनै एक प्रमाण थप गरी पुन निवेदन र सर्जमिन मुचुल्का र वडा सिफारिस सहित भूमिहिन राष्ट्रिय पुननिर्माण प्राधिकरणको काम कार्वाहीमा गठित जिल्ला समन्वय समितिको पेश गरिएको छ । पेश भएको भूमिहिनको विवरणलाई जिल्ला पुननिर्माण सहजीकरण समितिले चाडो भन्दा चाडो निर्णय गरेर भूमिहिनलाई परम्परा देखि बसिआएकै स्थानमा स्बीकृत दिएमा भूमिहिनहरु पनि सुरक्षित घरभित्र बस्न पाउने थिए ।

आफ्नो घरको पीडा सुनाउदै सम्बर बहादुर सार्कीले भने “अनुदान सम्झौता गरेर पहिलो किस्ता पचास हजार ल्याएर छाप्रो बनाएको थिए । त्यो पनि हात्ती आएर अस्ति राती भत्काइ दियो । पक्का घर बनाउन भनेर जग हाले । नगरपालिकाले ऐलानीमा बनाएको घर पसा हुदैन भनेर दोस्रो किस्ता दिएन । ” उनी ४६ बर्षका थिए । बाबा आमा ७५ बर्षका भैसकेका थिए । परिवारमा ३ छोरी र १ छोरा छ । बुबाको पालादेखि नै उनीहरु दूधौली नगरपालिका वडा नं ३ खुट्टे पानीमा बस्दै आएका थिए । श्रीमति कुन्तिमाया सार्कीको उमेर ३० बर्ष भयो । उनी स्पाइनल ९प्यारालाइस० को विरामी भएर पाँच महिना देखि अस्पतालमा उपचार हुदै रहेछ । सम्बर बहादुरका अनुसार, श्रीमतिको कम्बर भन्दा मुनिको भाग चल्दैन । आफूले कमाएकोले नपुगेर ४ लाख ऋण गरेर उपचार गरे । अहिले अस्पतालले डिस्चार्ज गरेर जेठ महिनामा श्रीमति घर आउँदै छिन् । उपचार गर्दा चार पाँच लाख ऋण लागेकाले ऋण तिर्न कमाउन जानु पर्ने । विरामीलाई बाहिर कोठा खोजेर राखौ त राख्न सक्ने अवस्था छैन । हिजो पनि हात्तीले म सुतेको छाँप्रो भत्कायो । मैले भागेर ज्यान जोगाए । यो छाप्रोमा छोडौं हाती आएर छाप्रो भत्काएर विरामी मारी दिन्छ । विरामी मान्छे त्यही पनि प्यारालाइस भएको भाग्न सक्दैन । घर बनाएर बलियो घरमा राखौ भने ऐलानी जग्गामा घर बनाएको भनेर नगरपालिकाले स्वीकृत दिदैन । उनले धरैलाई यो समस्या बताए । जनप्रतिनीधिहरले पनि समस्या नसुनिदिएको उनको आरोप छ ।

यो समस्या उनको मात्र नभई दूधौली नगरपालिका वडा नं ३ नीपाने बस्ने पाँच ,छ सय घर परिवारको हो । उनीहरुको आफ्नो नाउँमा भएको जमिन कमलामाई नदिले कटान गरेर लग्यो । त्यस पछि २०३९ साल देखिनै उनीहरु ऐलानी जग्गामा बसोबास गदै आएका थिए । वडा अध्यक्ष साने धामीका अनुसार विभिन्न पटक र गुनासो सहित गरेर ५१० भूकम्प लाभगा्रही कायम भएका थिए । त्यस मध्ये ३ घरले मात्र दोस्रो किस्ता लिएका छन् । ६ घर जतिले सिन्धुलीमा गएर घर बनाएका छन् । बाँकी सबैको एउटै कथा हो । ऐलानी जग्गा भएकै कारण घर बनाउन पाइरहेका छैनन् ।

पुननिर्माण प्राधिकरणकरणको जग्गा दर्ता सम्बन्धि कार्यविधी २०७३ र त्यस पछि राष्ट्रिय पुननिर्माण प्राधिकरण ९जग्गा ब्यवस्थापन तथा भौर्भिक अध्ययन शाखा बाट मिति २०७५।२।१५ को निर्देशन अनसार सिन्धुली जिल्लामा १५४९ जनाको दिगो समाधानले १ बर्ष पहिलानै भूमिहिनको विवरण संकलन गरेर राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधर सिन्धुलीमाढी, सिन्धुलीमा पेश गरिएको थियो । त्यस पछि पुन ः भूकम्प प्रभावित भूमिहिन लाभगा्रहीको सम्बन्धमा नेपाल सरकारको मिति २०७५ माघ २१ गते बसेको बैठक बाट भूकम्प बाट प्रभावित निजी आवास पुननिर्माण अनुदान वितरण ९दोस्रो संसोधन कार्यविधी २०७५० अनुसार लागा्रही सूचिमा परेका भूमिहिन भूकम्पपीडितहरुले स्थान्तरणहुन नचाहेमा परम्परा देखि भोगचलन गदै आएको साविकको घडेरीनै निजी आवास पुननिर्माण गर्न चाहेका भूकम्प पीडित गरी सोही स्थानमा घर पुननिर्माण गर्न खानेपानी,विद्युत र मतादाता परिचय पत्र मध्ये कुनै एक प्रमाण थप गरी पुन निवेदन र सर्जमिन मुचुल्का र वडा सिफारिस सहित भूमिहिन राष्ट्रिय पुननिर्माण प्राधिकरणको काम कार्वाहीमा गठित जिल्ला समन्वय समितिको पेश गरिएको छ । पेश भएको भूमिहिनको विवरणलाई जिल्ला पुननिर्माण सहजीकरण समितिले चाडो भन्दा चाडो निर्णय गरेर भूमिहिनलाई परम्परा देखि बसिआएकै स्थानमा स्बीकृत दिएमा भूमिहिनहरु पनि सुरक्षित घरभित्र बस्न पाउने थिए ।

प्रकाशित मिति २५ श्रावण २०७७, आईतवार ०८:४६
प्रतिक्रियाहरू