लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर

लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार १०:४२

• मानगृह कसले निर्माण गरेका थिए ? मानदेव • नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् ? मानदेव • मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? मानदेव • मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष • गुमेको पैत्रिक...

• मानगृह कसले निर्माण गरेका थिए ? मानदेव
• नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाएका हुन् ? मानदेव
• मानाङ्क र भोगिनी अंकित मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? मानदेव
• मानदेवले कति वर्ष शासन गरेका थिए ? ४१ वर्ष
• गुमेको पैत्रिक राज्यमा अधिकार जमाउने लिच्छवी राजा को हुन् ? नरेन्द्रदेव
• लिच्छवीकालमा धातुको मूर्ति बनाउने ठाउँलार्ई के भनिन्थ्यो ? ताम्रकुट्टशाला
• लिच्छवीकालमा कुन भाषा प्रचलित थियो ? संस्कृत
नेपालका प्रथम प्रामाणिक राजा को हुन् ? मानदेव
• स्वयंभूको अभिलेखमा नेपालको कुन राजाको वंशक्रम उल्लेख छ ? मानदेव
• नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहास भेटिएको छ? मानदेव
• नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? मानदेव
• मानदेवको पालामा निष्काशन भएको नेपालकै पहिलो मुद्रा मानांङ्क कुन धातुको हो ? तामा
• मल्लपुरी कसले विजय गरेका थिए ? मानदेव
• लिच्छवीकालमा कुन लिपी प्रचलित थियो ? ब्राम्ही लिपी
• लिच्छवीकालमा व्यापारिक नेतालार्ई के भनिन्थ्यो ? सार्थवाह
• लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? दण्डनायक (लो.से.आ. २०७२)
• लिच्छवीकालमा मानगृह मानदेवले, कैलाशकुट भवन अंशुवर्माले, भद्राधिवास नरेन्द्रदेवले निर्माण गर्न लगाए भने चाँगुनारायणको मन्दिर कसले निर्माण गर्न लगाए ? मानदेव
• राजा मानदेवको शासन अवधि कहिलेदेखि कहिलेसम्म रह्यो ? वि.सं. ५२१–५६२
• विजयजात्राको प्रचलन कसले चलाए ? मानदेव
• मानदेवका पिताको नाम के थियो ? धर्मदेव
• नेपालमा गुप्त सम्वत कसले चलाएका थिए ? अंशुवर्मा
• शब्द विद्या ग्रन्थको रचना कसले गरेका थिए ? अंशुवर्मा
• पण र पूराण नामक मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् ? नरेन्द्रदेव
• स्रिमौनगढ अर्थात डोय राज्यको पतन वि.सं. १३८४ मा भएको हो भने उक्त राज्य पतन हुँदा को राजा थिए ? हरिसिंहदेव
• नेपालकी राजकुमारी भृकृटीको विवाह तिब्बतका कुन राजासँग भएको थियो ? स्रङ्गचङ्ग गम्पो
• नेपालको इतिहासमा स्वर्णयुग भनी कुन काललार्ई भनिन्छ ? लिच्छविकाल
• लिच्छविकालमा मन्त्रीसरहको पदलार्ई के भनिन्थ्यो ? अमात्य (२०६९, लो.से.आ.)
• लिच्छविकालमा शासन व्यवस्थाको सबैभन्दा तल्लो तह कुन थियो ? ग्राम प्रशासन
• लिच्छविकालमा जिल्लालार्ई के मानिन्थ्यो ? विषय
• विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरूको व्यवस्था गर्ने कार्य कुन लिच्छवीकालीन अड्डाले गर्दथ्यो ? माप्चोक
• चाँगुनारायणको शिलास्तम्भमा शाके सम्वत कति उल्लेख गरिएको छ ? ३८६
• शुल्ली वा शोल्लले पञ्च अपराध, लिङ्गवलले कुलो पानी तथा यातायात, माप्चोकले विवाह पारपाचुके सम्बन्धी व्यवस्था हेर्दथे भने कुथेर अधिकरणले के हेर्ने गर्दथ्यो ? राजस्व उठाउने
• वर्णाश्रम व्यवस्थामा आधारित लिच्छवीकालीन शासन व्यवस्थामा वैश्यले व्यापार गर्दथे भने शुद्रले के कार्य गर्दथे ? नगर सफा राख्ने तथा उपल्ला जातिको सेवा गर्ने

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार १०:४२
प्रतिक्रियाहरू