नदेख्ने आँखा भयो नसुन्ने कान भयो
महोदय अब ऊ पनि भगवान भयो
ठूली तँ किन बटुल्दिनस् खुशीहरु
हेर पोखिएको मकै एक घान भयो
माया गर्छौ?सोधेथेँ बोल्न चाहेनौं
नबोलेरै समस्या समाधान भयो
एक मन खुशी अर्को मन दुखी छ
म बूढो भएँ र छोरो जवान भयो
बर्षौं पछि म गाउँको घाट आइपुगेँ
आफ्नै घर आइपुगेको भान भयो
गोरखा
प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०५:५०