संविधानको परिचय र नेपालको संविधान (२०७२) मुख्य विशेषाहरु

संविधानको परिचय  र नेपालको संविधान (२०७२) मुख्य विशेषाहरु

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०८:००

संविधानको परिचय १ संविधान देशको शासन सञ्चालन गर्ने मार्गदर्शक सिद्धान्तहरुको संग्रह हो । २ संविधानलाई देशको मूल कानून, सर्वोच्व कानून वा मातृकानून पनि भनिन्छ । ३ संविधानले राज्यका प्रमुख अंगहरुबीच शक्ति रर अधिकारको बाँडफाँड...

संविधानको परिचय

१ संविधान देशको शासन सञ्चालन गर्ने मार्गदर्शक सिद्धान्तहरुको संग्रह हो ।
२ संविधानलाई देशको मूल कानून, सर्वोच्व कानून वा मातृकानून पनि भनिन्छ ।
३ संविधानले राज्यका प्रमुख अंगहरुबीच शक्ति रर अधिकारको बाँडफाँड गर्दछ ।
४ मूलकको राजनीतिक प्रणालीलाई दिशानिर्देश गर्ने कानूनी दस्तावेज संविधान हो ।
५ संविधानले राज्यको कार्यप्रणाली र दायित्व तथा जनताका अधिकारहरुलाई लिपिबद्ध गर्ने हुनाले यसलाई प्रकार र जनताबीच सम्बन्ध स्थापित गर्ने आधारको रुपमा लिने गर्दछ ।

संविधानलाई मूल कानून भन्नुको कारण

संविधानसँग बाझिने अन्य कानून अमान्य बदर घोषित गर्ने दस्तावेज भएको हुनाले,
अन्य कानूनभन्दा संशोधन कठिन हुने हुनाले्
संविधानको व्याख्या देशको सर्वाच्व न्यायिक निकायबाट हुने हुनाले,
अन्य कानूनको भन्दा भिन्न र विशिष्ट तरिकाले निर्माण हुने हुनाले,
अन्य कानूनको भन्दा भिन्न र विशिष्ट तरिकाले निर्माण हुने हुनाले

नेपालको संविधान (२०७२) मुख्य विशेषाहरु

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा सूचिबद्ध गरिएको,
संघ, प्रदेश र स्थानीय गरी ३ तह र ७ प्रदेश सहितको संघीय संरचना,
सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नीहित रहेको,
समावेदशी र धर्मनिरपक्षेतालाई आत्मसात गरिएको,
गणतन्त्रात्मक संसदीय शासन व्यवस्था
नेपालमा बोलिने सबै मातृभाषालाई राष्टिय भाषाको मान्यता
बाबु र आमाको नामबाट वंशरजको आधारमा नागरिकता
गैर आवसीय नागरिकताको प्रावधान
३१ वटा मौलिक हकहरुको व्यवस्था
नागरिकताका कर्तव्यहरु उल्लेख गरेको
संघीय संसद र प्रदेश सभा सहितको निर्र्वाचन मण्डलद्धारा राष्टपति निर्वाचित हुने व्यवस्थापिका र प्रान्तमा एक सदनात्मक व्यवस्थापिक
मिश्रित निर्वाचन प्रणाली
केन्द्रमा सर्वोच्व प्रदेशमा उच्च र जिल्ला अदालत रहने गरी एकीकृत न्यायपालिका
सर्वोच्व अदालतमा संवैधानिक इजलासको व्यवस्था
संसदीय सुनुवाइको व्यवस्था ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०८:००
प्रतिक्रियाहरू
तराई प्रदेशकाे केही जानकारी

तराई प्रदेशकाे केही जानकारी
२०७७ भदौ ११ गते बिहिबार १०:४५

लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर

लिच्छविकाल सम्बन्धी केही प्रश्नोत्तर
२०७७ भदौ ११ गते बिहिबार १०:४२

लोकसेवाका लागि आवश्यक सामग्री

लोकसेवाका लागि आवश्यक सामग्री
२०७७ साउन २७ गते मङ्गलबार ०३:०१