सरकारले घटायो पीसीआर परिक्षणको शुल्क

सरकारले घटायो पीसीआर परिक्षणको शुल्क

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २७ गते मङ्गलबार ११:२६

मुलुकमा पछिल्लो केही समय यता कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए अनुसार दुई हजार रुपैयाँबाट घटाएर एक हजार...

मुलुकमा पछिल्लो केही समय यता कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढेपछि सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाए अनुसार दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको हो ।

आज भएको नियमित पत्रकार सम्मेलन मार्यक्रममा बोल्दै गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने र यो मूलय पनि पछि समयानुकुल समायोजन हुँदै जाने बताए ।

त्यस्तै उनले ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताए ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार २३:२६
प्रतिक्रियाहरू