पुननिर्माणमा अनिदो रात ……….

पुननिर्माणमा अनिदो रात ……….

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ११ गते बिहिबार ०७:०१

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं ५ बस्ने बर्ष ४९ का मंगल बहादुर कामी भूमिहिन सुकुम्बासी थिए । साविकाको रतनचुर गाविस वडा नं ८ मा सर्वजनिक जग्गामा घर बनाएर बस्दै आएका थिए । उनको घरमा २ छोरा सहित ४ जनाको परिवार छ । परिवारको...

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं ५ बस्ने बर्ष ४९ का मंगल बहादुर कामी भूमिहिन सुकुम्बासी थिए । साविकाको रतनचुर गाविस वडा नं ८ मा सर्वजनिक जग्गामा घर बनाएर बस्दै आएका थिए । उनको घरमा २ छोरा सहित ४ जनाको परिवार छ । परिवारको दैनिक खर्च जुटाउन उनी अरुको मेलापात ज्याल मजदुरी गर्थे । मिति २०७२ साल बैशाख १२ को भुकम्प र त्यस पछिको लगातारको पराकम्पनले उनको घर पुर्णरुपमा क्षति भयो । घरमा भएको अन्नपात लताकपडा, भाडाकुडा सबै पुररियो । मानवीय क्षति भने भएन ।

भुकम्प पश्चात क्षति विवरण लिने र घर सर्बे गर्ने टोलि आयो । छिमेकीको घर सर्वे भयो र अनुदान सम्झौताको काम भयो । तर मंगल बहादुरको जग्गा नभएकाको हुदैन भनेर अनुदान सम्झौता भएन । उनी रेडियोको समाचार सुन्थे । पुननिर्माण प्राधिकरणको जग्गा दर्ता सम्बन्धि विज्ञापनमा जग्गा नभएकाले जग्गा पाउँछ भनेर सुन्थे । उनी जग्गा पाउने आशाले पटक पटक वडा कार्यालयमा जाँदा पनि जग्गा नभए हुदैन फकाइदिन्थे । त्यस पछि उनी वडा कार्यालयमा जानै छोडिदिउका थिए । कतिपयले आफन्तको जग्गा जमिन राखेर पनि अनुदान सम्झौता गरेर तर उनलाई कसैले पनि अनुदन सम्झौता गर्न मन्जुरी नामा दिएनन । त्यति वेला थाहा थयो की उनलाई जग्गा नहुँदाको पीडा । बाँसले बारेर सानो छाप्रो बनाएर बसे । टहरामा बस्दा शर्पा, किरा फटेङगा्रले गर्दा बस्न गाहा्रो भयो । वडा कार्यालयमा धाउँदा धाँउदा काम भएन । त्यस पछि मिति २०७५ साल बैशाखमा दिगो समाधानले वडा कार्यालयमा बोलाएर जनप्रतिनीधि राखेर जग्गा दर्ता समबन्धि कार्यविधिको बारेमा अभिमुखिकरण गर्यो । त्यस पछि उनलाई कागजपत्र के के चाहिने भनेर थाहा भयो । अभिमुखिकरणमा भने बमोजिमको काम गरे पछि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढ्यो । जग्गा दर्ता कार्याविधि र त्यसको प्रक्रियाको बारेमा वडा कार्यालयलाई पनि जानकारी नभएकाले वडा कार्यालय पनि अलमलमा परेको रहेछ । जस्तो त्यही बस्ने भूमिहिन र सर्ने भूमिहिनको विषयमा सिफारिसको प्रक्रिया अलग अलग रहेछ ।

मिति २०७६ असोज १५ गते गोलन्जोर ५ रतनचुरामा दिगो समाधान आएर जग्गा खरिद गर्दा चाहहिने आश्यक कागजपत्रहरको बारेमा जानकारी दियो । अनुदान सम्झौता नभएको पीडा सम्झदै उनी भन्छन् “मेरो त अनुदान सम्झौतासम्म भएको थिएन । वडा कार्यालयमा जाँदा अनुदान सम्झौता जग्गा नभए हुदैन भन्छ फेरी । उता फेरी जग्गा पास गर्न अनुदान सम्झौता चाहिन्छ भन्छ । मिति २०७५ असोज १५ गते दिगो समाधानको सहजकीरणमा म लगायत ४ घर भूमिहिनको अनुदान सम्झौता भयो ।” त्यही दिन वडाको सिफारिस, घरबाटो प्रमाणित, तिरो तिरेको रसदि श्रीमान श्रीमतिको नागरिकताको फोटोकपी, अनुसूचि १ बमोजिम अनुदान रकम पाउँ भन्ने निवेदन सहित कागजपत्र तयार पारेर जिल्ला अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार सिन्धुलीमा पेश गर्न सहजीकरण भयो ।

दिगो समाधानकै सहजीकरणमा कार्तिक १७ गते जग्गा धनी इन्द्रकुमारी बस्नेत सँग कित्ता नं २४० को २ रोपनी क्षेत्रफलको जग्गा मेरो र श्रीमति कृष्ण कुमारी कामीको संयुक्त नाममा पास भयो । श्रीमान श्रीमतिको नाउँमा जग्गा पास गर्दा मालापोत कार्यालयबाट २५ प्रतिशत राजश्व छुट पनि हुदो रहेछ । अब खरिद गरेको जग्गामा २ कोठाको बालियो घर बनाएर बस्ने रहर छ ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार ०७:०१
प्रतिक्रियाहरू