सत्यता नबुझी घुमाउन खोज्यौ मुट्ठिमा राखेर।
के हुन्छ? सोचेनौ मलाई दुश्मनको सुचिमा राखेर
ए दुश्मन यो मेरो देशको सिमाना हो बुझिराख्नु
नत्र बिचार गरुँला गर्धन रेटि टाउको भुइमा राखेर
बल्ल चिन्नेछौ चोकमा ठड्याइएको शालिकलाई
एकपटक सोच्यौ भने देशलाई छातिमा राखेर
न सपनिमा आयौ तिमी न त बिपनिमा आयौ
केहि पार लागेन दिनहुँ तस्बिर सिरानिमा राखेर।
यो हृदय प्रेमले भरिएको एउटा सागर हो
कहाँ दिन सकिन्छ र प्रेम अञ्जुलीमा राखेर
चिङ्गाड ४ सुर्खेत
प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०८:३४