शैक्षिक क्षेत्रका धरोहर : डा. बिस्टलाइ शुभकामना – हरिश कान्छो जोशी

शैक्षिक क्षेत्रका धरोहर : डा. बिस्टलाइ शुभकामना – हरिश कान्छो जोशी

हरिश कान्छो जोशी

@Mayur Times

२०७७ असोज २२ गते बिहिबार ०८:२८

म बिज्ञानको बिध्यार्थी र शिक्षक दुबै हो तर म बेद पनि पढ्छु । वेदले भन्छ कि, तद्-विज्ञानार्थं स गुरुम एव अभिगच्छेत ( मू उ १|२|१२) : "यदि तिमीलाई सहि सूचना चाहिन्छ भने गुरुको मा जाऊ |" त्यसैले मेरा हरेक निर्णय गर्न मेरा गुरु कहाँ पुग्छु र गुरु को हो ? चैतन्य महाप्रभुले व्याख्या गर्नुभएको छ, कि आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश ( चै च मध्य ७|१२८) | उहाँ भन्नुहुन्छ, " तिमि मेरो आदेशमा बन | " गुरु भनेको जसले कृष्णको आदेश पालन गर्छ । तर उहाँ महाकृष्ण भन्दा कम हुनुहुन्न । कोचैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ । मलाई कुनै पुस्तक पद्नुपर्दैन । मलाइ जिन्दगी पढेपुग्छ। मलाई गुरुले आशिर्वाद भए पुग्छ ।

भमराले फुलको पत्रपत्र नियाले जसरी मेरा जिन्दगिका हरेक पाटा नियालेर । रातमा कहिले जुनकीरी त कहिले जुन बनेर । मेरो जिन्दगी लेख्ने कलम पनि बनेर । मलाई यो धर्ती समाल्ने शैक्षिक क्षेत्रका धरोहर शैल्यशिखर न पा ९ गोकुले दार्चुलामा जन्मिनु भइ हाल शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने सिद्धनाथ बिज्ञान क्याम्पसमा जिब बिज्ञान संकायका प्रमुख, रेडियण्ट मा .बि महेन्द्रनगरका एक हस्ती मेरा आदरणीय गुरु डा. महादेव बिस्ट सरलाइ जन्मदिनको लाखौंलाख शुभकामना ।

मेरो निधार लेख्ने अधिकार उहालाई हुदो हो त बिस्वको सबैभन्दा भाग्यमानी त म नै हुन्थे होला । भनिन्छ ज्ञान बिनाको भौतिक शरीर काठ अथवा माटोको डल्लोजस्तै हुन्छ । भौतिक शरीरको उत्पत्ति आमाबाबुको संयोगबाट सम्भव भए पनि ज्ञानमय शरीरको पुनर्जन्म गुरुको शिक्षापश्चात भएको मानिन्छ । आमाबाबुबाट प्राप्त भौतिक शरीर नश्वर हुन्छ तर ज्ञानमय शरीर अमर हुन्छ । ज्ञानमय शरीरको उत्पत्ति गुरुहरूबाटै सम्भव हुन्छ । मलाई मेरो यो शरीर पनि उहाँबिना नश्वर नै हुन्छ जस्तो लाग्छ। बालक जन्मदा पशुजस्तै हुन्छ । गुरुले नै उसलाई पुनर्जन्म दिन्छन्। मानव बनाउँछन् । गुरुले नै बालकको कायाकल्प गराएर ज्ञानमय शरीरमा प्रवेश गराउँछन् । यसरी गुरु र शिष्यको बीचमा अटुट सम्बन्धको विकास हुन्छ ।
हजारौं योनिमा विचरण गरेपछि एकपटक मात्र मानवयोनि प्राप्त हुन्छ । यस्तो दुर्लभ मानव योनिलाई सफल र साकार पार्न पुर्खाहरूले आचार, व्यवहार र अनुशासनका जटिल व्यवस्था गरेको पाइन्छ मलाई लाग्दछ कि मेरो यो मानव जुनि पनि यिनै पुज्री गुरु डा महादेव बिस्ट सरको देन हो। यो जन्ममा मानव भएर अनि उहाको शिष्य भएर जन्मे जस्तै गरि सदा जन्म जन्म असल शिष्य भएर जन्मन मन छ ।

जिन्दगीमा सबैभन्दा मुल्यवान के हो? शिक्षा अनि तपाईंको जिवनमा सबैभन्दा महत्त्वपूर्ण को?आदरणीय गुरु डाक्टर महादेव बिस्ट । यसको अर्थ मैले मेरा परम पुजनिय मातापितालाइ बिर्सेको पनि हैन । आज भन्दा सात बर्श अगाडि । म बझाङ जस्तो बिकट हिमालि जिल्लाबाट महेन्द्रनगर आएको मलाई महेन्द्रनगर खुब नौलो थियो । एकहिसाबले त अन्धो जस्तै थिए मलाई त्यता खुब सशत्त बनाइदिए मानौ कि मलाई कसैले हराउन नै सक्दैन जिन्दगीमा ।

म बाचा गरेर के भन्न सक्छु भने म बिस्वमा कसैसँग नहार्ने भएको छु आज किनकी यो सब मेरा गुरुको देन हो। उहाँ भन्नुहुन्छ बाबू तिमी यसो गर म त्यही गर्छु
” जस्ले म खुशी हुनसक्छु। गुरुले मुर्खलाइ स्विकार गर्न कहिल्यै सिकाउनुभएन अफ्ठेरोमा उहाँ आफै बाहिर जानुभयो तर मलाई बाहिर जाऊ भन्नुभएन”

म बिज्ञानको बिध्यार्थी र शिक्षक दुबै हो तर म बेद पनि पढ्छु । वेदले भन्छ कि, तद्-विज्ञानार्थं स गुरुम एव अभिगच्छेत ( मू उ १|२|१२) : “यदि तिमीलाई सहि सूचना चाहिन्छ भने गुरुको मा जाऊ |” त्यसैले मेरा हरेक निर्णय गर्न मेरा गुरु कहाँ पुग्छु र गुरु को हो ? चैतन्य महाप्रभुले व्याख्या गर्नुभएको छ, कि आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश ( चै च मध्य ७|१२८) | उहाँ भन्नुहुन्छ, ” तिमि मेरो आदेशमा बन | ” गुरु भनेको जसले कृष्णको आदेश पालन गर्छ । तर उहाँ महाकृष्ण भन्दा कम हुनुहुन्न । कोचैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ । मलाई कुनै पुस्तक पद्नुपर्दैन । मलाइ जिन्दगी पढेपुग्छ। मलाई गुरुले आशिर्वाद भए पुग्छ ।
अन्तमा गुरु मलाई हजुरको विश्वासी दास बन्न दिनुस न है ।
मलाई थाहा छ गुरु हजुर भनेको भगवान हो, त्यसैले मलाई भगवानको विश्वासी दास बन्न रहर लागेको हो।
|

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०८:२८
प्रतिक्रियाहरू