खुल्याे अमेरिका जाने डीभी चिट्ठा, यसरी दिनुहाेस् आवेदन

खुल्याे अमेरिका जाने डीभी चिट्ठा, यसरी दिनुहाेस् आवेदन

मयूर टाइम्स

@Mayur Times

२०७७ असोज २२ गते बिहिबार ०६:५१

काठमाण्डौ : २०२२ का लागि अमेरिकन डाइभर्सिटी भिसा (डीभी) चिट्ठा आज खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म...

काठमाण्डौ : २०२२ का लागि अमेरिकन डाइभर्सिटी भिसा (डीभी) चिट्ठा आज खुल्ला हुँदैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय अनुसार राति पाैने १० बजेदेखि फारम भर्न सकिने छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

आवेदकका लागि जानकारी
• आवेदन नि:शुल्क : डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।

• कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।

• फारम अनलाइन भर्नुपर्ने : सन् २०२२ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

• आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

• आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार आज रातिको ९:४५ बजेबाट खुला हुँदैछ। आवेदन खुलेपछि तपाईं dvlottery.state.gov मा गएर निशुल्क आँफैंले आवेदन दिन सक्नुहुन्छ। निशुल्क गर्नसकिने आवेदनमा पैसा तिर्दैमा भाग्य चम्किने कुरा हुँदैन। आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइट https://np.usembassy.gov/…/2022-diversity-visa-program-ope…/ मा उपलब्ध छन्।
The 2022 Diversity Visa Program opens TODAY at 9:45 pm local time in Nepal. After the applications open, you can go to dvlottery.state.gov to enter, and It’s FREE. Don’t listen to visa consultants and their false promises. There’s nothing lucky about paying for something that’s free! For more information about the requirements go to https://np.usembassy.gov/2022-diversity-visa-program-opens/ #dv2022

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ०६:५१
प्रतिक्रियाहरू